जिसस मकवानपुरमा एमाले विजयी

हेटाँैडा, २३ साउन । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुखमा नेकपा (एमाले)का रघुनाथ खुलाल १४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

जिससको आज भएको निर्वाचनमा उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस र नेकपा (माअ‍ोवादी केन्द्र) गठबन्धनका कृष्णप्रसाद दाहालले छ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा एमालेकै भगवती पुडासैनी १४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकै विजयकुमार ब्लोनले छ मत प्राप्त गर्नुभएको छ ।

जिसस सदस्यमा एमालेकै देवराज रिमाल, गणेशकुमारी प्रधान, सीता अधिकारी, बुद्धिबहादुर मोक्तान, सानुकान्छी स्याङ्ताङ, चित्रबहादुर बलामी र सरिता विश्वकर्मा निर्वाचित हुुनुभएको छ ।

मकवानपुरमा आठ गाउँपालिका, एक नगरपालिका (थाहा) र एक उपमहानगरपालिका (हेटौँडा) छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।