सार्वजनिक जग्गा अन्य व्यक्तिका नाममा नामसारी गरिदिने बाहानामा घुस लिँदालिँदै मालपोत अधिकृत सहित तीन जना पक्राउ

मुद्दा दायर

काठमाडौँ, २३ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालयका अधिकृत चक्रबहादुर श्रेष्ठसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सार्वजनिक जग्गा अन्य व्यक्तिका नाममा नामसारी गरिदिने बाहानामा एक सेवाग्राहीसँग घुस लिँदालिँदै मालपोत अधिकृत श्रेष्ठ, नायब सुब्बा राजकुमार घिमिरे र खरिदार दुर्गाप्रसाद पोखरेललाई रु पचास हजार घुस लिँदालिँदै कौशलटारको एक रेस्टुराँबाट आयोगले पक्राउ गरेका थिए ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार कार्यालय समयभन्दा बाहिर सरकारी कागजात बोकेर हिँडेको अभियोगमा नायब सुब्बा दिनेश रेग्मीसँग पनि रु ५० हजार असुलउपर गर्न माग गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।