बाढी र डुबानमा परेकाको उद्दार कार्यको लागि के गर्दैछ सरकार ? (भिडियो सहित)
मुलुकका विभिन्नस्थानमा अधिक बर्षापछि उत्पन्न बाढी र पहिरोमा परी ३० जनाको मृत्यु भएको छ । अहिलेसम्म ११ वटा जिल्लामा बाढी र पहिरोमा परी ३० जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार झापामा ४, मोरङमा ३, सुनसरीमा ७, बारामा २, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी देशैभरी करिब ३० जनाको मृत्यु भएको हो । गृहमन्त्री जनार्दन शर्माले उद्धारलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । थप हेर्नुहोस् भिडियोमा


