सर्बाधिक बिबाद पछि मेयर बनेकी रेणुले गरिन कसैले गर्न नसकेको राम्रो काम !
चितवन, चितवन महानगरपालिका–२३ मा रहेको बाल आश्रमबाट ३६५ बालबालिकाको मेयर रेणु दाहालको पहलमा आज उद्दार गरिएको छ । जगतपुर क्षेत्रडुबानमा परेपछि ऊनीहरू जोखिममा परेका थिए ।कोरियाली सहयोगमा बनेको उक्त बालगृहमा बस्दै आएका बालबालिकाको अवस्था थाहा पाएपछि मेयर रेणुको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरी बालबालिकाको घरमा पुर्याएको हो ।

मेयर दाहालले आइतबार महानगरका विभिन्न वडामा पुगेर बाढीबाट प्रभावितहरूको अवस्था अवलोकन गरेकी थिइन । प्रभावितहरुको तत्काल उद्दार र राहतका लागि महानगरबाट पहल गरिने उनले बताइनमेयर रेणुको पहलमा ३६५ बालबालिकाको हेलिकप्टरबाट उद्दार
अविरल वर्षापछि खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार इच्छाकामना गाउँपालिका– ३ स्थित कोराक खोलाले बगाएर स्थानीयवासी २२ वर्षीय समनबहादुर प्रजाको मृत्यु भएको हो ।
शनिबार साँझ खोलाले बगाएर बेपत्ता भएका उनको शव आज बिहान फेला परेको उहाँले बताउनुभयो ।त्यसैगरी राप्ती नगरपालिका– ८ स्थित पम्फाखोलाले बगाएर ल्याएको स्थानीयवासी अन्दाजी ४० वर्षीया महिलाको शव खोलाबाट निकाल्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।
ती महिलाको सनाखत हुन सकेको छैन ।वर्षा जारी रहेपछि भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख र दलका प्रतिनिधिसहितको आजको बैठकले जिल्लाको वस्तुस्थितिका बारेमा तीन समूह बनाएर तत्काल अनुगमन गर्ने निर्णय गरेको प्रहरी प्रमुख थापाले बताउनुभयो ।
प्रमुख दाहालको नेतृत्वमा पश्चिम चितवन, स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीको नेतृत्वमा पूर्वी चितवन र जनस्वास्थ्य प्रमुख विजयकुमार झाको नेतृत्वमा सौराहा क्षेत्रको अनुगमन गर्ने निर्णय भएको छ ।सो अवसरमा दाहालले बाढीबाट प्रभावितको उद्धार र राहतका लागि जुट्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनाका साथै दलका प्रतिनिधिलाई सो कार्यमा सहयोग पु¥याउन आग्रह गर्नुभएको थियो ।जिल्लाका राप्ती, बूढीराप्ती, रिउ, लोथर, कयरलगायत खोला बढेर बस्तीमा पसेसँगै जनजीवन प्रभावित भएको छ । तीन दिनदेखि जिल्लामा अविरल वर्षा भइरहेको छ । रासस


