बाढीका कारण १११ जनाको मृत्यु, ३५ बेपत्ता, तराइमा भयाभह स्थिती
काठमाडौं ३१ साउन । पाँच दिन देखिको बर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानका कारण १ सय ११ जनाको मृत्यु भएको छ ।

व्यबस्थापिका संसदको मंगलवार बसेको बैठकको शुरुमै सभामुखसंग समय लिएर गृहमन्त्री जनार्दन शर्माले १ सय ११ जनाको मृत्यु भएको र ३५ जना बेपत्ता भएको जानकारी गराएका हुन् ।
दशौ हजार घरहरु डुवानमा परेका र तराइमा भयाभह स्थिती सृजना भएको मन्त्री शर्माले बताए । व्यबस्थापिका संसदको बैठकमा सांसदहरुले बाढी पीडितलाई तत्काल राहत पुनस्थापनाको व्यबस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


