अस्थायी शिक्षकको परीक्षा सर्यो, अब कहिले ?

काठमाडौँ, ३१ साउन । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुको परीक्षा एक सातापछि सारेको छ ।

यही भदौ ३ गतेका लागि तोकिएको परीक्षा भदौ १० गतेका लागि तोकिएको आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले जानकारी दिनुभयो ।

यसअघि पनि आयोगले गत असार २४ गतेबाट भदौ ३ गतेका लागि परीक्षा सारिएको थियो ।

मुलुकभर बाढीपहिरोका कारण आवत जावत गर्न समस्या परेको भन्दैे परीक्षा एक हप्ता पछाडि सार्नु परेको प्रमुख पौडेलले बताउनुभयो ।

देशभरि कार्यरत अस्थायी शिक्षकलाई स्थायी बनाउन लागि शिक्षा ऐन–२०२८ (आठौँ संशोधन)ले गरेको व्यवस्थाअनुसार आयोगले गत चैत १९ गते विज्ञापन गरेको थियो ।

परीक्षामा २०५९ सालभन्दा अगाडिदेखि २०७२ साल असोज २ गतेसम्मका अस्थायी शिक्षकले मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था रहेको छ । प्रतियोगितामा १९ हजार २६५ शिक्षकको विज्ञापन गरे तापनि १५ हजार ६९० ले मात्र दरखास्त दिएका थिए ।

आन्दोलनरत् अस्थायी शिक्षक संघर्ष समितिका उपाध्यक्ष ज्योतिनारायण ढकालले परीक्षा सारेर आफ्ना माग पूरा गरेको बताउँदै शिक्षा ऐन संशोधन गरी परीक्षामा सबै अस्थायीले भाग लिन पाउने र असफल भएमा उचित क्षतिपूर्र्ति दिइने व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

यसैबीच आयोगका अध्यक्ष र सदस्यहरुले पाँच दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय पनि गरेको आयोगले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।