‘एउटै चितामा जलाउँनु’ भन्ने सुसाइड नोट लेखेर यी जोडीले गरे आत्महत्या (भिडियो सहित)

विराटनगर, ०१ भाद्र | सुसाइड नोटमा “एउटै चितामा जलाउँनु” जलाउनु भन्ने नोट लेख्दै एक जोडीले आत्महत्या गरेका छन् |

सँगै जिउने र सँगै बाँच्ने कसम खाएका ति प्रेमी–प्रेमिकाले एकै दिनमा आ–आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । मोरङको केराबारी– २ की १७ वर्षीया रक्षा भण्डारी र केराबारी– ४ कुवानीका १९ वर्षीय खेमप्रसाद बरालले शनिबार आत्महत्या गरेका हुन् | दुबैजनाले एकै पटक मछिन्द्र माविबाट एसएलसी दिएर बसेका थिए |

परिवारले बिबाहको लागी स्वकृति नदिदा आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाई रहेको छ |टाउको दुख्यो भन्दै कोठामा पसेकी रक्षाले सलको पासो लगाई आत्महत्या गरेकी थिइन् भने उक्त खबर सुन्न साथ प्रेमी खेमप्रसाद पनि सुसाइड नोट लेखेर नाइलनको पासोमा आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय केराबारीका सई सूर्य प्रसाईं बताउनुभयो |

शवको परिक्षण गरी परीवार बुझाई सकिएको प्रहरीले जनाएको छ | उक्त लाशको शनिवारनै दाहसंस्कार गरिसकेको परिवारले जनाएको छ | ।खेमप्रसादले प्रेमिका रक्षालाई सम्बोधन गर्दै लेखेको सुसाइड नोटमा बिरामी हुँदा पनि साथ दिएको तर अकस्मात मृत्यु रोजेर आफूलाई सेवा गर्ने अवसर नदिएको भन्दै गुनासो गरेका छन् । उनले आफूलाई रक्षा जलाएकै चितामा जलाइदिन पनि आग्रह गरेका छन् ।

भने उक्त लाशलाई परिवारले रक्षाको लाश जलाइ सके पछी उक्त चितामा नै खेमप्रसादको लाशलाई पनि जलाएका थिए |

https://youtu.be/_4YPWYm8WZs



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।