एमालेनिकट बिधार्थी संगठन अनेरास्ववियुको साथ पाएर सिराहाका बाढीपिडितमा खुसि छायो, पुर्व अध्यक्षहरुले गरे खुलेर प्रशंसा

नेकपा एमालेनिकट बिधार्थी संगठन अनेरास्ववियुले आज सिराहाका बाढीपिडितलाई राहत बितरण एवं स्वास्थ्य शिविर सञ्चालन गरेको छ । राजधानीका बिभिन्न क्यापसहरु, देशभरका जिल्ला कमिटी र अन्य शुभेच्छुकहरुबाट प्राप्त सहयोग लिएर अनेरास्ववियुको केन्द्रिय टोली सप्तरी पुगेको हो । टोलीको नेतृत्व अध्यक्ष स्वयम नविना लामाले गर्नु भएको छ । उहाँको टोलीमा चिकित्सकको समुह पनि रहेको छ ।

अनेरास्वविुकी अध्यक्ष नविना लामाको नेतृत्वमा त्रिपाल, टर्चलाईट, दाल, चामल, नुन, चिउरा, चाउचाउ, विस्कुट लगायतका खाद्यान्न एवं अत्यावश्यक राहतका सामाग्रि सहित सिराहा पुगेको अनेरास्ववियुको टोलीले सिराहका कल्याणपुर, कर्जनहा, बस्वीट्टा, कमलाखोलाको कटान लगायतका क्षेत्रमा गरि करिब ९०० घर परिवारलाई राहत सामाग्रि वितरण गरेको छ । यसैगरी अनेरास्ववियुले अति प्रभावित दुई गाउँमा डक्टरसहितको टोलीले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । अहिले सम्म सिराहाको २ स्थानमा गरी करिब ४५० जनाको स्वास्थ्य परिक्षण गरिसकेको छ ।

पार्टीले आफ्ना जनवर्गिय संगठनलाई दिएको जिम्मेवारी अन्तर्गत अनेरास्ववियुको टोली सिराह पुगेको हो । अनेरास्ववियु अति बाढी प्रभाविभत अन्य जिल्लामा पनि राहत सामाग्रि लैजाने तयारि गरेको अनेरास्ववियुका सचिवालय सदस्य एवं प्रवक्ता सुदिप शर्माले जानकारी दिनु भयो ।

बिगतका दिनमा पनि सामाजिक काममा अन्य बिधार्थी संगठन भन्दा अनेरास्ववियु निकै अघि देखिन्छ । बाढीपिडितलाई राहत सामाग्रि लैजाने अनेरास्ववियु पहिलो संगठन हो ।

अनेरास्ववियुका पुर्व अध्यक्षहरुले गरे खुलेर प्रशंसा

नेकपा एमालेले जनवगीर्य संगठनलाई बाढीपिडितको राहतमा खट्न निर्देशन दिए लगत्तै अनेरास्ववियु तराई झरेको हो । नविना लामा नेतृत्वको सिंगो टिमले गरेको यो काममो जति प्रशंसा गरे पनि कम हुने अखिल पुर्व अध्यक्ष, अखिल इन्चार्ज एवं सासंद रबिन्द्र अधिकारीले बताउनु भयो । आगामी दिनमा अखिलबाट यस्तै रचनात्मक कामको अपेक्षा गरेको उहाँको भनाई छ । बिधार्थी संगठनको औचित्य माथी प्रश्न उठाउनेका लागी अनेरास्ववियुले गरेको राहत बितरणले गतिलो पाठ सिकेको अखिल पुर्व अध्यक्ष एवं एमाले केन्द्रिय सदस्यहरु खिमलाल भटट्राई, ठाकुर गैरे, माधव ढुंगेल, राजेन्द्र राईले बताउनु भयो । बिधार्थी संगठनको काम शैक्षिक बिषय मात्र उठान गर्ने नभई राष्टिय बिपतीको डटेर सामना गर्ने रहेको पुर्व अध्यक्ष किशोरबिक्रम मल्लले बताउनु भयो ।

सिराहाका बाढीपिडितले अखिलको यो सहयोग आफना लागी दुःखको साथी भएको प्रतिक्रिया दिनु भयो । अनेरास्ववियुले गरेको राहत बितरणलाई लिएर अन्य पार्टीका नेताले पनि सिक्न पर्ने धेरै कुरा रहेको बताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।