वैद्य, विप्लव र बाबुरामलाई पार्टीमा फर्काएरै छाड्ने यस्तो छ प्रचण्डको मास्टर प्लान !

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रिय आवश्यकता र नेपाली जनताको चाहनालाई आत्मसात् गर्दै पार्टी छाडेका सबै समूह वा घटक एकतामा आउनुको बिकल्प नभएको बताउनुभएको छ ।

अध्यक्ष दाहालले “सिद्धान्त बचाउने नाममा सहिद, बेपत्ता तथा घाइते योद्धाको सपना र त्यागलाई लत्याएर पार्टी छाडेर हिडेका मोहन वैद्य, क्रान्ति गर्छु भन्दै पार्टी छाडेका नेत्रविक्रम चन्द र माक्र्सवाद असफल भएको भन्दै पार्टी छाडेका डा बाबुराम भट्टराई एकतामा आउने र एकीकृत तुल्याएरै छाड्ने,” दृढता व्यक्त गर्नुभयो ।

नयाँ शक्ति पार्टी नेपाल बृहद् ध्रवीकरण समितिलाई आज यहाँ आयोजित कार्यक्रममा स्वागत गर्दै उहाँले नेपाली जनताले माओवादी क्रान्तिकारीबीच एकता गर्न दिएको जनादेशलाई सम्मान गरी एकता प्रक्रिया अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले “सिद्धान्त बचाउने नाममा सहिद, बेपत्ता तथा घाइते योद्धाको सपना र त्यागलाई लत्याएर पार्टी छाडेर हिडेका मोहन वैद्य, क्रान्ति गर्छु भन्दै पार्टी छाडेका नेत्रविक्रम चन्द र माक्र्सवाद असफल भएको भन्दै पार्टी छाडेका डा बाबुराम भट्टराई एकतामा आउने र एकीकृत तुल्याएरै छाड्ने,” दृढता व्यक्त गर्नुभयो ।

माओवादी कमजोर भए क्रान्तिकारी आन्दोलन र परिवर्तनका एजेण्डा समेत ओझेलमा पर्ने र मुलुक प्रतिगमनमा फर्कन सक्ने भन्दै उहाँले कुनै पनि वाहाना छुट्टाछुट्टै नबस्न र ध्रवीकरणमा आउन उहाँहरुलाई आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “केजरीवाल बन्न गएका डा भट्टराईको हैसियत स्थानीय तहको निर्वाचनले देखाइदिएको छ, क्रान्ति गर्ने चन्दको हैसियत पनि प्रष्ट भएको छ, नेपाली जनताले सबैलाई एकै पार्टीमा आऊ भन्ने सन्देश दिएको छ, त्यसैले मिल्नुको बिकल्प छैन, बाहिर बसेर केही हुनेवाला छैन ।’

नेपाली जनताले सबै माओवादी तथा क्रान्तिकारी शक्तिलाई एकीकृत रुपमा अगाडि बढ्न निर्देश गरेको भन्दै उहाँले पार्टीलाई एकाध वर्षमा पहिलो पार्टी बनाएरै छाडिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले पार्टी एकताको क्रम बढ्दै जाँदा नेपाली जनतामा समेत विश्वास बढ्दै गएको तथा आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादीको स्थान असाध्यै राम्रो हुने विश्वास व्यक्त गर्नुभयो ।

संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढेको, नेपाली जनताले स्थानीय सरकार पाएको, समावेशी र समानुपातिक प्रतिनिधित्व स्थापित भएको, स्थानीय तहमा हजारौ महिला, दलित निर्वाचित भएको भन्दै उहाँले माओवादीको एजेण्डा सफल भएको बताउनुभयो ।

एजेण्डा माओवादीको भए पनि जित अरु प्रतिस्पर्धी पार्टीको हुने अवस्था धेरै लामो समयसम्म नरहने पनि अध्यक्ष दाहालले बताउनुभयो ।

नयाँ शक्ति पार्टीका सहसंयोजकसमेत रहनु भएका देवेन्द्र पौडेलले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न आफूहरु एकीकृत भएको बताउँदै विगत दुई वर्षदेखि आफूले कम्युनिस्टले सम्मानमा प्रयोग गर्ने ‘लाल सलाम’ समेत प्रयोग गर्न नपाएकोमा गुणासने गर्नुभयो ।

उहाँले मूल पार्टी छाडेर बाहिर गएका सबैलाई एकतामा आउन र माओवादी पार्टीलाई थप एकीकृत बनाउन आग्रह गर्नुभयो ।

नेता पौडेलको नेतृत्वमा नयाँ शक्ति पार्टीका पाँच सय बढी नेता तथा कार्यकर्ता आजै माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कार्यक्रममा नेकपाका नेता पदम खड्का पनि माओवादी केन्द्रमा प्रवेश गरेको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।