राष्ट्रपति विद्यादेवी भण्डारीबाट तीजको शुभकामना !

काठमाडौँ, ८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै सांस्कृतिक पर्वलाई अक्षुण्ण राख्दै विकृति र नकारात्मक पक्षलाई छोड्दै जानुपर्ने बताउनुभएको छ ।

फाइल फोटो

राष्ट्रपतिले आज दिनुभएको शुभकामना सन्देशमा मुलुकका राजनीतिक परिवर्तनसँगै महिलाका हक अधिकारलाई संविधानले प्रत्याभूत गरेको तथा हालै सम्पन्न र हुन गइरहेको स्थानीय तहको निर्वाचनले जगैदेखि महिला नेत्रीलाई स्थापित गर्ने काम गरेको उल्लेख गर्नुभएको छ ।

“यस नेतृत्वलाई परिपक्व ढंगले आफ्नो कर्तव्यलाई बहन गर्न महिलाहरु लाग्नुपर्छ ।” सन्देशमा भनिएको छ, “अबको यात्रा भनेको आर्थिक समुन्नतितर्फ देशलाई डो¥याउनु हो । यसका लागि हाम्रा महत्वपूर्ण चाड र पर्वले पनि यही सन्देश दिन सकुन् ।” रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖