नेपाल आइडलको टप ४ बाट को भएको थियो इलिमिनेट ? हेर्नुहोस् एउटा सनसनिपूरण खुलासा

नराम्रोसँग झुक्काएपछि नेपाल आइडल बिरुद्ध सामाजिक सञ्जालमा...

काठमाडौं । नेपाल आइडलले दर्शकहरुलाई नराम्रोसँग झुक्काएपछि यतिबेला सामाजिक सञ्जाल त्यसको बिरुद्धमा खनिएको छ । नेपाल आइडलको ‘टप फोर’मा पुगेका निशान भट्टराई, सागर आले, बुद्ध लामा र प्रताप दासमध्ये को बाहिरिएला ? भन्ने उत्कुसता बोकेर प्रतिक्षारत दर्शकहरुलाई शुकबार नेपाल आइडलले झुक्काएको हो । शुक्रबारको शोबाट एक जना प्रतिस्पर्धी बाहिरिनुपर्ने थियो । अन्तिम तीनमध्येबाट क्रमशः ‘टप थ्री’ छान्ने निर्णायकहरुले बताए । एपी वान टेलिभिजनबाट प्रशारित शुक्रबारको कार्यक्रमलाई अलि विशेष रुपमा हेरिएको थियो ।

शुक्रबारको शो व्यवसायी तथा गीतकार बसन्त चौधरीको ‘शान्ति लुकाउँ कहाँ…’ भन्ने गीतबाट सुरु भएको थियो । जुन गीत नेपाल आइडलका चारै जना प्रतिस्पर्धीले गाएका थिए । त्यसलगत्तै चारै जना प्रतिस्पर्धीले क्रमशः आफ्नो कला पस्किए । शुक्रबारको कार्यक्रममा भदौ २३ गतेबाट रिलिज हुन लागेको चलचित्र चलचित्र ‘२ रुपैयाँ’ का नायकद्वय निश्चल बस्नेत र आशिक साह विशेष आकर्षण थिए । उनीहरुले पनि केहीबेर स्टेज तताए । दर्शकहरुको चासोको विषय भने अन्तिम तीनमा को को प्रतिस्पर्धी सीमित हुन्छन् भन्नेमै थियो । किनकी शुक्रबारको कार्यक्रमका लागि मात्र ४ जना प्रतिस्पर्धीका लागि ३७ लाख २० हजार २८४ मत प्राप्त भएको थियो । जब नेपाल आइडलका जजहरुको निर्णयमा ‘नो एलिमिनेशन’ घोषणा गरियो, तब दर्शकहरु झुक्किए । सामाजिक सञ्जालमा अहिले नेपाल आइडलको चर्को विरोध र आलोचना भइरहेको छ ।

जजले आफ्नो अधिकार प्रयोग गरी यस्तो हर्कत देखाएको भनिएपनि नेपाल आइडलमाथि ठुलो प्रश्नचिन्ह उठेको छ । एपीवानमै आवद्ध केहिले यो काम निर्माताहरुकै निर्देशनमा टेलिकमबाट कमिसन लिनका लागि गरिएको बताएका छन् । नेपाल आइडलमा जस्तै अन्य केहि देशका आइडल प्रतियोगितामा पनि यहि तरिका प्रयोग गरेर आयोजकले पैसा कमाउने गरेको आरोप लाग्ने गरेको थियो । यस विषयमा नेपाल आइडल समूहले अहिलेसम्म मुख खोलेका छैन । तर निर्णायकको भनिएको यस्तो निर्णयपछी नेपाल आइडलको यो काम गलत भएको र पैसा कमाउने दाउ भएको आरोप धेरैले लगाईरहेका छन् भने सामाजिक संजालमा पनि यसको तीब्र बिरोध भइरहेको छ ।

नेपाल आइडलको टप ४ बाट को भएको थियो इलिमिनेट ? एउटा सनसनिपुर्ण खुलासा – हेर्नुहोस् भिडियो 

https://youtu.be/VjGeQl1DepQ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖