को-को पर्दैछन टप ३ मा अर्थात को हुँदैछ नेपाल आइडलबाट आउट ? – हेर्नुहोस् लाईभ भिडियो

नेपाल आइडल विरुद्धको मुद्दा खारेज !

बुधबार एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी सांगीतिक शो नेपाल आइडल विरूद्धको मुद्दा काठमाडाैं अदालतले खाेज गरेको छ । अदालतले मुद्दा खारेज गरेसँगै अब नेपाल अाइडल पुरानै अवस्थामा फर्किने छ ।

अदातलते मतपरिणाम बारेको सक्कल फाइल तथा विवरण लिइ शुक्रवार (आज) अदालतमा उपस्थित हुन नेपाल आइडललाई बोलाइएको थियो । भोटको सक्कल अध्ययन भएसँगै अदालतले अाइडल विरूद्ध परेको मुद्दा खारेज गरेकाे हाे ।

विहान १० बजे अदालतले नेपाल आइडललाई कागजपत्रसहित उपस्थित हुन भनेपछि नेपाल आइडल र मत के हुन्छ भन्ने अन्यौल थियो । तर बिहीवार (हिजो) नेपाल आइडल नियमित रुपमै प्रसारण भएको छ ।

अदालतले रिट खारेज गरेसँगै गत हप्ताको निर्णय अनुसार नै अाज चार मध्ये एक प्रतिस्पर्धी शोबाट बाहिरिने छन् । अब निसान भट्टरार्इ, बुद्ध लामा, सागर अाले र प्रताप दासमध्ये एकजनाले अाइडियलको यात्राबाट विदा लिनेछन् ।

अन्तर्राष्ट्रिय फरम्याटको शो नेपाल आइडियलमा गतहप्ता टप फोर मध्ये कसैलाई पनि आउट नगरेपछि अदातलमा मुद्दा दातयर भएको थियो । आइडलले यसअघि इण्डियन आइडलमा पनि २०१७ मार्च ११ को शोमा कसैलाई पनि आउट नगरिएको जानकारी गराएको छ । अधिवक्ता यज्ञमणि न्यौपानले एपी वानबाट प्रशारण भइरहेको नेपाल आइडलले करार ऐनको दफा ८७ उल्लंघन गरेको भन्दै मुद्दा दायर गरेका थिए ।

न्यौपानले एपिवान टेलिभिनजले एक पक्षिय रुपमा करार ऐनको उल्लंघन गरेको भन्दै दाबी गरेका छन् । मंगलबार न्यायाधीश दिवाकर भट्टको एकल इजलासले भदौ २३ गते सम्म भोट नगन्न एपिवान टेलिभिजनको नाममा अन्तरकालिन अन्तरिम आदेश दिएका थियो । तर, शुक्रवार भोटको सक्ल अध्ययन पछि रिट खारेज भएको हो ।

को-को पर्दैछन टप ३ मा अर्थात को हुँदैछ नेपाल आइडलबाट आउट ? – हेर्नुहोस् लाईभ भिडियो

https://youtu.be/xnlZpK3Ejm0



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।