कानमा लगाएको सुनको मुन्द्रा लुट्न आफ्नै साथीको हत्या, ४ जना पक्राउ

कञ्चनपुर, ३० भदौ । कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षीय विद्यार्थी तिलक चन्दको हत्याको आरोपमा प्रहरीले बिहीबार चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मृतककै सहपाठी आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले चारैजनालाई हिरासतमा राखी अनुसन्धानको कार्य शुरु गरेको छ ।

पक्राउ परेकाले प्रारम्भिक बयानका क्रममा मृतकको कानमा लगाएको सुनको मुन्द्रा लुट्नका लागि हत्या गरेको बयान दिएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीले बताउनुभयो ।

चन्द विद्यालयबाटै भदौ २५ गतेदेखि बेपत्ता रहेका थिए । विद्यालयबाटै बेपत्ता भएका विद्यार्थीको शव खेतमा घाँस काट्न गएका महिलाले खोला किनारामा देखेपछि बुधबार राति ८ बजे प्रहरीलाई खबर गरेका थिए । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।