बर्दिवास पुगेका ओलीले भने,- विकासका नयाँ योजना बनाउन एमाले नै सरकारमा पुग्नुपर्छ

बर्दिवास । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिको नेतृत्व आफ्नो पार्टीको इच्छा रहेको बताउनुभएको छ ।

महोत्तरीको बर्दिवासमा एमाले बर्दिवास नगर कमिटीले आज साँझ आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेता ओलीले समृद्धिको नेतृत्व एमालेबाहेक अरू कसैले गर्न नसक्ने ठोकुवा गर्नुभयो । उहाँले विकासका नयाँ योजना बनाउन फेरि एमाले नै सरकारमा पुग्नुपर्छ भन्नुभयो ।

एक वर्षअघि आपूm प्रधानमन्त्री छँदा बजेट नै विनियोजन गरिएका मधेशका विकास योजना आफ्नो सरकार ढालिएसँगै ढलेको ओलीको भनाइ थियो ।

मधेशमा एमाले र आपूmविरुद्ध भ्रम फैलाएर केही शक्ति दुनो सोझ्याउन लागि परे पनि मधेशी जनताले भ्रम फैलाउनेको खेल बुझिसकेको अध्यक्ष ओलीले बताउनुभयो । “मेराविरुद्ध भूmठ प्रचारको मधेशमा जेहाद नै छेडिएको छ”, ओलीले भन्नुभयो, “तर मधेश र मधेशीको समृद्धिका लागि एमालेबाहेक कसैले चूँसम्म बोलेका छैनन् ।”

चुनावीसभालाई एमाले केन्द्रीय सदस्य तथा सांसद रामदयाल मण्डल र गणेश पहाडी एवं केन्द्रीय सदस्य देवशंकर पौडेल, युवा सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष चन्द्र तामाङ र विद्यार्थी नेता दीपक गौतम लगायतले सम्बोधन गर्नुभयो । एमालेका बर्दिवास नगर संयोजक शारदाप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न चुनावीसभामा गायक बद्री पँगेनी, प्रिया भण्डारी र नायिका वर्षा राउतसहितका कलाकारले गीत–संगीत प्रस्तुत गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।