नेपाल-आइडलका प्रतिस्प्रधी निशानलाई हराउन खेलिंदै छ यस्तो खेल, अब के हुन्छ ? (भिडियो सहित)
एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको नेपालको सर्वाधिक रुचाइएको रियालिटी शो ‘नेपाल आइडल’ को उत्कृष्ट चारबाट सागर आले बाहिरिएका छन्। सागर बाहिरिएसँगै नेपाल आइडलको अन्तिम प्रतिस्पर्धाका लागि प्रताप दास, बुद्ध लामा र निशान भट्टराई पुगेका छन्।नेपाल आइडलको अन्तिम प्रतिस्पर्धा सेप्टेम्बर २२ मा कतारमा हुँदैछ। फाइनलमा पुगेका तिनै जना खाली हात फर्कनु पर्ने छैन। तेस्रो स्थानमा पर्ने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउने छन्। दोस्रोले १५ लाख रुपैयाँ पुरस्कार रहेको छ भने विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयुभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्रयाक प्राप्त गर्ने छन्।यसै समयमा नेपाल आइडलका एक दाबेदार निशान भट्टराईले आफ्नो मनको दुखेसो सम्पूर्ण जनताहरुलाई पोखेका छन् । आखिर निशानको मनमा तेस्तो के गुनासो थियो त ? थप जानकारीको लागि भिडियो हेर्नुहोस्
https://youtu.be/rusPC3tJ7m0


