चुनावको मुखैमा माओवादी केन्द्रलाई ठूलो झड्का, पोलिटव्युरो सदस्यको नेतृत्वमा १३ जना नेताहरु एमालेमा प्रवेश

काठमाडौँ, ३१ भदौ । चुनावको मुखमा माओवादी केन्द्रका पोलिटव्युरो सदस्यको नेतृत्वमा १३ जना नेताहरु एमालेमा प्रवेश गरेका छन् । शुक्रबार राति एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य बालसिह काउछाको नेतृत्वमा डेढ दर्जन नेताहरू नेकपा एमालेमा सामेल भएका हुन् ।

एमाले प्रवेश गर्नेमा केन्द्रीय नेताहरु शिवजी लामिछाने, प्रेम न्यौपाने, रामबहादुर गिरी, मनु खत्री, विष्णुप्रसाद शर्मा, हिमालय बख्रेल,बाबुलाल लामा, लोकबहादुर पुनमगर, प्रकाश खाँड, पदमबहादुर कुमाल, डिलकुमारी थापा र उमा हमाल लगायत रहेका छन् । एमालेमा प्रवेश गरेका सबै नेताहरू माओवादी केन्द्रका महत्वपूर्ण जिम्मेवारीमा बसेकाहरू हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सचिव पृथ्बीसुब्बा गुरुङ, ४ नम्बर प्रदेशका सहसंयोजक गणेश तिमिल्सिना, सचिव जगत विश्वकर्मा, केन्द्रीय सल्लाहकार कमिटीका उपाध्यक्ष एवं पूर्वमन्त्री खगराज अधिकारी, एमाले केन्द्रीय सदस्य सूर्य थापा लगायतले उनीहरुलाई एमालेमा स्वागत गराएका थिए । एमाले अध्यक्ष ओली २ नम्बर प्रदेशबाट फर्कन ढिला भएका कारण राति साँढे ८ बजे प्रवेश कार्यक्रम राखिएको थियो । अध्यक्ष ओलीले सम्बोधन गर्दा रातको ९ बजिसकेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।