नेपाल आइडल को लाइभ कन्सर्ट हेर्न पुगेका १० युवतीहरु टुँडीखेलमै बेहोस – हेर्नुहोस् भिडियो सहित

काठमाण्डौ, ३१ भदौ । नेपाल आइडलको तीन मुख्य प्रतिस्पर्धीले शनिवार काठमाण्डौको टुडीखेलमा आयोजना गरिएको लाइभ कन्सर्टमा १० जना युवती वेहोस भएका छन् । दर्शकले खचाखच भरिएको टुडिंखेलमा नेपाल आइडलको प्रतिस्पर्धामा रहेका कलाकारको लाइभ कार्यक्रम हेर्न आएका युवतीहरु अत्याधिक गर्मी सहन गर्न नसकेर वेहोस भएका हुन् ।

एपी वन टेलिभिजनवाट प्रसारण भइरहेको रियालिटी सो कार्यक्रममा गायकीको प्रतिस्पर्धामा रहेका कलाकारहरु अहिले वाहिर विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । आफ्नो आफ्नो गृह जिल्लामा विभिन्न कार्यक्रम सकेर काठमाण्डौ आएका प्रताप दास, वुद्ध लामा र निशान भट्टराईले एउटै मञ्चमा कार्यक्रम प्रस्तुत गर्ने योजना थियो ।

आयोजक संस्था फरमेन्टल मिडियाले एपी वन टेलिभिजनवाट प्रसारण भइरहेको नेपाल आइडलका कलाकारका दिउसो २ वजे लाइभ कन्सर्ट गर्ने निर्धारण गरेको भए पनि प्रतिस्पर्धीहरु ४ वज्दा सम्म पनि कार्यक्रम स्थलमा आइपुगेका थिएनन् ।

कार्यक्रममा अत्याधिक भिड हुने भएकाले आफ्ना पृय कलाकारलाई नजिकवाट देख्न नसकिने सम्भावना देखेका फ्यानहरु ११ वजे देखि नै टुडीखेलमा आइपुगेका थिए । लामो समयको पर्खाइमा अत्यन्त चर्का घाममा रहेका युवतीहरु बेहोस भएर ढलेका हुन् । टुडीखेलमा त्यती ठुलो आयोजना गरेको आयोजकले कार्यक्रम स्थलमा अत्यावश्यक स्वास्थ्य टोलि र एम्बुलेन्सको समेत ब्यवस्था नगरेका कारण बेहोस भएका युवतीहरुलाई टुडीखेलको चौरमा चर्का घाममा सुताइएको देखिन्थ्यो ।

उपस्थित संचारकर्मी लगायतको आग्रह पछि वेहोस युवतीहरुलाई उपचारको लागि एम्बुलेन्स मार्फत अस्पताल पुर्याइएको छ । उनीहरुको विर अस्पतालमा उपचार भएको छ ।

https://youtu.be/ADBbwos-d8A



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।