राजपालाई ठूलो झट्का, बर्दिया संयोजकसहित एक हजार कार्यकर्ता एमालेमा प्रवेश

बर्दिया, १ असोज । राष्ट्रिय जनता पार्टी (राजपा)का बर्दिया संयोजक धनेशकुमार यादवसहित हजार जना भन्दा बढी नेता, कार्यकर्ता आइतबार एमालेमा प्रवेश गरेका छन् ।

जिल्लामा आयोजित कार्यक्रममा राजपाकी नेतृ पूर्णकला श्रीवास्तव, मालेका जिल्ला सचिव भीमबहादुर चन्द, माधव कुँवर, कांग्रेस, राप्रपालगायत दलका नेता, कार्यकर्ता ठुलो संख्यामा एमालेमा प्रवेश गरेका छन् । एमाले नेता वामदेव गौतमले विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै प्रवेश गराएका थिए ।

पार्टीका सचिव शालिराम अधिकारीका अनुसार एक हजार बढीले विभिन्न पार्टी छाडेर एमालेमा प्रवेश गरेको बताए । राजपाका संयोजक रहेका यादव सद्‍भावना पार्टीका पूर्वजिल्ला अध्यक्ष समेत हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖