सर्लाहीमा बम विस्फोट, एक बालिका घाइते

सर्लाही, १ असोज । जिल्लाको दक्षिणी भेगमा पर्ने बलरामा आज सुतली बम विस्फोट हुँदा एक बालिका घाइते भएकी छिन् । बलरा नगरपालिका–२ हथियौल जमुनिया टोलमा भएको सो बम विस्फोटमा परी स्थानीयवासी जयप्रकाश सहनीकी १० वर्षीया छोरी रस्मिता घाइते भएकी हुन् ।

बमको छर्रा लागेर सामान्य घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र अचलगढमा उपचार भइरहेको छ । आफ्नै किराना पसलअगाडि खेलिरहेको अवस्थामा सुतली बम विस्फोट हुँदा उनी घाइते भएकी थिइन । झोलाभित्र रहेका चारवटा बममध्ये एउटा बालबालिकाले खेलाउँदा पड्किएको र बाँकी तीनवटा नेपाली सेनाले निष्क्रिय पारेको प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिनुभयो ।

भारतसँग सीमा जोडिएको बलरा क्षेत्र संवेदनशील क्षेत्र मानिन्छ । निर्वाचनका लागि उक्त क्षेत्रमा प्रहरी नायब उपरीक्षक रुगम कुँवरको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।