फेरि दुई राज्यमन्त्री थप्ने तयारी, विराज विष्ट र कमला शर्मालाई मन्त्री बनाईंदै

काठमाडौं । इतिहासकै जम्बो मन्त्रिपरिषद् बनाएर आलोचित हुनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन मंगलवार न्यूयोर्क उड्नुअघि दुई राज्यमन्त्री थप्ने तयारी देउवाले गर्नुभएको हो ।

देउवाको मन्त्रिपरिषदमा राप्रपा प्रजातान्त्रिकका विराज बिष्ट र कमला शर्मालाई समावेश गर्न लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

सिंहदरवारका जारी मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्री देउवाले थप मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा पठाउने वताइएको छ ।

आजै थप मन्त्रीलाई सपथ गराई उहाँ मंगलवार अमेरिका जान लाग्नु भएको हो । नयाँ विस्तारपछि देउवा सरकार ५६ सदस्यीय हुने भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖