रौतहटमा माओवादी र फोरमबीच झडप, प्रहरीद्वारा हवाई फायर
रौतहट । रौतहटको मौलापुर नगरपालिका ३ मा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका कार्यकर्ताबीच झडप भएको छ । त्यसक्रममा प्रहरीले हवाइ फायर गरेको छ ।

प्रावि गम्हरिया पतौरा मतदान केन्द्रमा माओवादीले गैर मतदानतनलाई एजेन्टका रुपमा प्रवेश गराएको भन्दै फोरमका कार्यकर्ताले विरोध जनाएपछि विवाद भएको थियो । त्यसक्रममा भएको झडपमा दुवै तर्फका केही कार्यकर्ता घाइते भएका छन् ।
झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ । झडपका कारण झण्डै एक घन्टम मतदान अवरुद्ध भएको थियो । तर, अहिले मतदान सुरू भएको प्रहरीले जनाएको छ ।


