सिराहाको कल्याणपुरमा राजपा र माओवादीबीच झडप
सिराहा। सिराहाको कल्याणपुर नगरपालिका–१ अर्नमा मतदान केन्द्रमा राजपा र माओवादी कार्यकर्ताबीच झडप भएको छ। झडपपछि मतदान २ घण्टासम्म रोकिएको थियो। अहिले कडा सुरक्षा व्यवस्थाबीच मतदान सुरु भएको छ।

सशस्त्र प्रहरीको थप टोली सो क्षेत्रमा परिचालन गरिएको छ। डिसि नेपाल संवादाता संजयमहरा संजयका अनुसार राजपा र माओवादी कार्यकर्ताबीच झडप भएपछि २ घण्टा मतदान कार्य अबरोध भएको थियो। थप सुरक्षाकर्मी परिचालनपछि अहिले मतादन भइरहेको छ।


