प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्जमा एमाले पाँचौं, राजपा अगाडि

प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्जको मतगणना परिणाम आउन सुरु भएको छ।

मतपरिणाम आउने क्रममा वीरगन्जको वडा नम्बर १, २, ३१ र ३२ का २००/२०० वटा मतपरिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार राष्ट्रिय जनता पार्टी (राजपा)को तर्फबाट मेयर पदका उम्मेदवार राजेशमान सिंह २३७ मत प्राप्त गर्दै पहिलो स्थानमा छन् ।

१९६ मत प्राप्त गर्दै नेपाली कांग्रेसका अजय द्विवेदी दोश्रो स्थानमा छन् ।

संघीय समाजवादी फोरम नेपालको तर्फबाट विजय कुमार सरावगीले १३९ मत हासिल गर्दै दोश्रो स्थानमा आफ्नो कब्जा जमाएका छन् भने १०३ मत हासिल गर्दै माओवादी केन्द्रका रहबर अन्सारी चौथो स्थानमा छन्।

७२ मत ल्याउदै नेकपा एमालेका बसरुद्दीन अन्सारी पाँचौ स्थानमा छन् ।

त्यसैगरी ७० मत मात्रै प्राप्त गर्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार विमल श्रीवास्तव अन्तिम स्थानमा छन् ।

उपमेयरमा पनि २५१ मतका साथ राष्ट्रिय जनता पार्टीको तर्फबाट रम्भा मिश्रा पहिलो स्थानमा छिन्।

राजपा पछाडि २०० मतका साथ नेपाल कांग्रेसको तर्फबाट शान्ति कार्की दोश्रो स्थानमा छिन्।

त्यसैगरी फोरम नेपालको तर्फाबाट १३३ मत प्राप्त गर्दै पिंकी यादव तेश्रो स्थानमा छिन् भने ९८ मत प्राप्त गर्दै माओवादी केन्द्रबाट उप-प्रमुख उम्मेदवार उम्मेदवार दुर्गा क्षेत्री चौथो स्थानमा छिन्।

नेकपा एमालेबाट उपमेयर उम्मेदवार सोफिया आचार्य ७८ मतका साथ पाँचौ स्थानमा छिन् भने उपमेयरमा फोरम लोकतान्त्रिककी रिंकु यादव ५६ मतका साथ अन्तिम स्थानमा छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।