रौतहटमा कांग्रेस र एमाले बीच झडप, वडाध्यक्षका उम्मेदवार सहित ४ घाइते

रौतहट । वृन्दावन नगरपालिकामा एमाले र कांग्रेसबीच मतगणनास्थलमै दोहोरो झडप भएको छ। रौतहट क्षेत्र नम्बर ६ का एमाले सांसद् रामकुमार भट्टराई मतगणना स्थलमा पुगेपछि अन्य दलले विरोध गरेका हुन्। त्यसपछि दोहोरो झडप भएको स्थानीय प्रमोद यादवले बताए। कांग्रेसका कार्यकर्ताले संसद भट्टराई धाँदली गर्न आएको भन्दै नाराबाजी गरेपछि दोहोरो झडप भएको स्थानीय यादवले जानकारी दिए।

झडपमा नेकपा एमालेको वडा नम्बर ६ का वडाध्यक्षका उम्मेदवार धमेन्द्र पटेलसहित ४ जना घाइते भएका छन्। घाइते हुनेहरुमा हर्सा निवासी सुनिल प्रसाद यादव,नन्द किशोर यादव र श्याम पटेल छन्। यादवले कांग्रेसले चुनाव हार्ने भएपछि आफुलाई नियोजित रुपमा आक्रमण गरेको प्रतिक्रिया दिएका छन्।

मतगणनामा नेकपा एमालेले अग्रता कायम गरिरहेको अवस्था देखेपछि कांग्रेस र माओवादीका कार्यकर्ताहरुले नियोजित रुपमा आफुलाई आक्रमण गरेको पटेलको आरोप छ। ‘नेपाली कांग्रेस र नेकपा माओवादीका नेताहरु मतगणनामा पस्दा पास नचाहिने तर नेकपा एमालेका संसद् पस्न खोज्दा पासको बाहना देखाएर उनीहरुले ढुंगाले आक्रमण गरे,’ यादवले भने।

उनको टाउको र हातमा चोट लागेको छ। उनीसँगै अन्य घाइतेहरुको जनता अस्पताल चन्द्रनिगाहपुरमा उपचारभइरहेको छ मतगणना स्थगित मतगणनास्थलको अवस्था तनावग्रस्त भएपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत लक्ष्मण उपाध्याय घिमिरेले जानकारी दिएका छन्। ‘स्थिति अहिले पनि तनावग्रस्त छ र मत गणना स्थगित भएको छ,’ उनले भने। सो नगरपालिकाको नगरप्रमुख पदमा नेपाली कांग्रेसको तर्फबाट राम सनही यादव,एमालेको तर्फबाट विनोद पटेल र नेकपा माओवादीको तर्फबाट रामप्रसाद पटेलले उमेदवारी दिएका छन्।

झडपपछि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। झडपको कारण आधा घण्टा मतगणना प्रक्रिया अवरुद्ध भएको र पुनगणना कार्य सुचारु भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖