नायिका वर्षा राउतका पिता मेयरमा उठेको बर्दिवासको पछिल्लो मतपरिणाम सार्वजनिक

बर्दिवास, ४ असोज । नायिका वर्षा राउतका पिता मेयर उम्मेदवार रहेको महोत्तरीको बर्दिवास नगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।

यहाँको १४ वडामध्ये ३ मतगणना भइसक्दा मेयरमा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । पछिल्लो परिणामअनुसार कांग्रेसका प्रल्हादकुमार क्षेत्रीले २१८१ मत पाएका छन् ।

दोस्रो स्थानमा १२८९ मतसहित माओवादी केन्द्र विदुरकुमार कार्की रहेका छन् । एमालेबाट उम्मेदवार नायिका वर्षा राउतका पिता सुरेशबहादुर राउत भने ११६८ मतसहित तेस्रो स्थानमा छन् । यो परिणामले नेता कार्यकर्तामा केही निराशा देखिएको छ । यद्यपी अझै ११ वडा बाँकी रहेको र एमालेको पकड क्षेत्रमा मत गन्नै बाँकी रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन् मेयरका उम्मेदवार सुरेश राउत ।

बर्दिवासमा १, २ र १४ नम्बर वडाको अन्तिम परिणाम आइसकेको र अहिले ३, १३ र १२ नम्बर वडाको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।