बाराको कलैयामा एमालेले फोरमलाई उछिन्यो, जिल्लाका दुईवटै उपमहानगरमा अग्रता

बारा, असोज ५ । बाराको कलैया उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ। सुरुदेखि नै अग्रता लिइरहेको संघीय समाजवादी फोरम नेपाललाई पछि पार्दै एमालेले अग्रता लिएको हो ।

एमालेको मेयरका उम्मेद्वार विनोद साहको पक्षमा १ हजार ७ सय ११ मत खसेको छ भने संघीय समाजवादी फोरम नेपालका उम्मेद्वार प्रमोदकुमार गुप्ताले १ हजार पाँच सय ४५ मत प्राप्त गरेका छन् ।

यसंगै बाराका दुईवटै उपमहागरपालिकामा एमालेले अग्रता लिएको छ। बाराको जितपुर सिमरा उपमहागरपालिकामा पनि एमाले उम्मेद्वारले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन्।

एमाले उम्मेद्वार कृष्ण पौडेलले ५ हजार ७ सय ७० मतसहित अग्रस्थानमा छन् भने माओवादी केन्द्रका उम्मेदवार राजन पौडेलले ४ हजार ७ सय ५० मतसहित उनलाई पछ्याइरहेका छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖