एउटै नगरपालिकाको मेयर-उपमेयरमा ससुरा बुहारी !

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका रामचन्द्र चौधरी विजयी भएका छन् । चौधरीले ९७८० मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्न्दी नेकपा एमालेका उद्धव रेग्मीले ८८३१ मत ल्याएका छन् । चन्द्रपुर नगरपालिकामा उप-मेयरमा भने एमालेकी रामरती चौधरी विजयी भएकी छिन् । उनले ९९१६ मत ल्याएकी छिन् ।

फरकफरक पार्टीबाट विजयी भएका उप-मेयर रामरती चौधरी र मेयर राचन्द्र चौधरीकी नाताले ससुराबुहारी हुन् ।चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसले ५ वटा वडा अध्यक्ष जितेको छ भने नेकपा एमालेले ३ वटा वडा जितेको छ । त्यस्तै माओवादी केन्द्रले २ वटा वडामा जितेको छ ।

चन्द्रपुर नगरमा माओवादी केन्द्रका युवराज भट्टराईले ७८९४ मत ल्याएर तेस्रो भएका थिए ।नेपाली कांग्रेसबाट चन्द्रपुर नगरको मेयर बनेका रामचन्द्र चौधरी तत्कालीन सन्तपुर गाविसको अध्यक्ष समेत भइसकेका छन् । सुबलाल भागवत बहुमखी क्याम्पस सन्चालक समितिको अध्यक्ष समेत रहेका चौधरी सामजिक छविका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।