१ सय २५ तहको नतिजा सार्वजनिक, कसको कहाँ अग्रता ? (सूची सहित)
प्रदेश नम्बर २ को १ सय ३६ स्थानीय तहमध्ये १२५ तहको नतिजा सार्वजनिक भएको छ । अब ११ तहको नतिजा घोषणा हुन बाँकि छ ।

हालसम्म नेपाली कांग्रेसले ३६ स्थानीय तहमा जितेको छ भने संघीय समाजवादी फोरमको २३, माओवादी केन्द्रको २१, राजपाको २३, एमालेले १६, नेपाल लोकतान्त्रिक दलले ३, नेपाली नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको छ ।
कांग्रेस ५, माओवादी ३, संघीय फोरम ३, राजपा २, एमाले ३ तथा नयाँ शक्ति १ तहमा अगाडि रहेको छ । अाइतवार विहान साढे ९ बजेसम्मको नतिजा हो ।
कसको कहाँ अग्रता ?
नेपाली कांग्रेस
बारा :-बारागढी गाउँपालिका देवदत्त बछारु थारु
सप्तरी:-कञ्चनरुप नगरपालिका ललनप्रसाद गुप्ता
रौतहट:-गरुडा नगरपालिका सुनिलकुमार यादव
नेकपा माओवादी केन्द्र
धनुषा:-सबैला नगरपालिका अक्षयलाला यादव
बारा :-आदर्श कोटवाल गाउँपालिका शम्भु महतो मण्डल
नेकपा एमाले
बारा :-कलैया उपमहानगरपालिका विनोद शाह
सप्तरी:-शम्भुनाथ नगरपालिका जितेन्द्र प्रसाद गुप्ता कलवार
संघीय समाजवादी फोरम
सप्तरीः- राजबिराज नगरपालिका भिमराज यादव
सर्लाही :-कविलासी नगरपालिका ब्रमहदेव राय
रौतहट:-कटहरिया नगरपालिका जहरवाल प्रसाद यादव
पर्सा:-वीरगजन्ज महानगरपालिका विजय कुमार सरावगी


