माओवादी केन्द्रसँग तालमेल गर्न तयार छौं : एमाले नेता नेपाल
चितवन, असोज १० । एमाले वरिष्ठ नेता माधव नेपालले आगामी निर्वाचनमा माओवादीसँग तालमेल गर्न एमाले तयार रहेको बताएका छन् ।

फाईल फोटो
चितवनको भरतपुरमा पत्रकारहरुसँग नेता नेपालले तालमेलका लागि माओवादी पनि तयार भए एमाले पछि नहट्ने स्पष्ट पारे ।
उनले अबको आवश्यकता बाम तालमेल भएको भन्दै सबै बाम एक हुनुपर्छ भने ।
नेता नेपालले अब एउटा पार्टीले मात्रै सरकार बनाउन संभव नदेखिएकाले बाम तालमेल आवश्यक रहेको स्पष्ट पारे ।


