सकियो १३४ स्थानीय तहको मतगणना ! कांग्रेस पहिलो, एमाले कति औं स्थानमा ?
काठमाडौं । असोज २ गते प्रदेश नम्बर २ का आठमा भएको निर्वाचनको मतगणना जारी रहेको छ । १ सय ३६ स्थानीय तहमध्ये यो समाचार तयारपार्दासम्म १ सय ३४ स्थानीय तहको मतगणनाको भइसकेको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार कांग्रेस ४०, संघीय समाजवादी फोरम २५, राजपा २४, माओवादी केन्द्र २१, एमाले १८, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्तिले १ स्थानमा जित विजयी भएका छन् ।
आयोगको अनुसार वीरगन्ज महानगरपालिका, राजविराज नगरपालिकाको मतगणना भने जारी रहेको छ । वीरगन्ज महानगरपालिकामा संघीय फोरमले अग्रता लिएको छ भने राजविराजमा राजपा नेपालको अग्रता रहेको छ ।


