कांग्रेस परित्याग गरी दुई दर्जन बढी नेकपा एमालेमा प्रवेश
दाङ । नेपाली काँग्रेस परित्याग गरी दुई दर्जन बढी नेकपा एमालेमा प्रवेश गरेका छन् । बङ्गलाचुली गाउँपालिका वडानम्वर–६ पिपल चौतारामा आयोजित दसैं मिलन एवं बृहत कार्यकर्ता भेलामा नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले नेपाली काँग्रेसका २ दर्जन बढी नेता कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउनुभएको हो ।

गाउँपालिका संयोजक हेमराज पुनको अध्यक्षतामा भएको कार्यक्रममा लोहारपानी गाविसका पूर्व उपप्रमुख तिलकराम वली, स्थानीय तहको निर्वाचनमा बङ्लाचुली गाउँपालिका वडानम्वर–६ मा नेपाली काँग्रेसको तर्पmबाट वडाध्यक्षका उम्मेदवार तेजबहादुर वली, वडा सदस्यका उम्मेदवार वीरबहादुर पुनलगायतलाई टीका अबिर लगाएर एमाले नेता पोख्रेलले पार्टीमा स्वागत गराउनुभएको हो ।
पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका रोमबहादुर वली, ऋषिराम वली, बलबहादुर वली, गीरा वली, टीका वली, भुमा वली, तिलकबहादुर खत्री, गिरबहादुर खत्री, रेशम पुन, शशिराम पुन, ईमा पुन, जागेश्वर घर्ती, मोहनलाल पुन, ज्ञमा पुन, मिन पुन घर्ती, मिन पुनलगायत दुई दर्जन एमालेमा प्रवेश गर्नुभएको छ । पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सुजिता शाक्य, शान्ता चौधरी, एमाले दाङका सचिवालय सदस्य मनोहर बुढाथोकी, देवराज विश्वकर्मा, विजय श्रेष्ठ, एमाले नेता बलिभद्र राना, पेशागत महासंघका सल्लाहकार उद्धव न्यौपानेलगायतको उपस्थिति रहेको थियो । पार्टी प्रवेश कार्यक्रमको सञ्चालन पुष्पराज भण्डारीले गर्नुभएको थियो ।


