प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसका नेता गगन थापाको लागि यस्तो तयारी !

आउँदो मंसीर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता गगन थापालाई मकवानपुरबाट चुनाव लडाउने तयारी भएको कांग्रेस मकवानपुर श्रोतले जनाएको छ । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर २ अन्र्तगतको प्रदेशसभा क्षेत्र नंबर १ बाट चुनाव लडाउने तयारी भएको हो । उक्त क्षेत्रमा मकवानपुरको थाहा नगरपालिका, इन्द्रसरोबर गाउँपालिका, भीमफेदी गाउँपालिकाको साथै मकवानपुरगढी गाउँपालिकाको केहि वडा र हेटौँडा उपमहानगरपालिकाको वडा नंबर १ र ११ पर्दछन् ।

कांग्रेस मकवानपुरका एक नेताले दाबी गरे अनुसार अबको केहि दिनमानै उक्त विषयको टुंगो लाग्नेछ । थापासँग यो विषयमा कुरा भैसकेको र उनी तयार रहेको भएपनि मकवानपुर कांग्रेसमानै केहि आन्तरिक कुरा मिलाउन समय लागेको ति नेताको दाबि छ । कांग्रेसले मकवानपुरमा आफ्नो प्रभाव वढाउनको लागि समेत उक्त निर्णय गर्न खोजेको बताईएको छ ।

प्रदेश नंबर ३ मा कांग्रेसको तर्फबाट मुख्य मन्त्रीको उम्मेद्वारको रुपमा चर्चामा रहेका थापा मकवानपुरमा आउने हो भने चुनावी माहोल थप तातिने संभावना देखिएको छ । मुख्य मन्त्रीको संभावित उम्मेद्वारनै कांग्रेसले मकवानपुरमा उठाउन खोजेपछि अहिले मकवानपुरे राजनीति अझ थप रोमाञ्चकारी बनेको छ । कांग्रेसले आफु कमजोर रहेको क्षेत्रमा यो निर्णय लेलात यो भने हेर्न बाँकी छ । किनभने कांग्रेसले गगन थापालाई उठाउने भनेको क्षेत्र एमाले वाहुल्य क्षेत्र हो ।

गत स्थानीय तह निर्वाचनमा इन्द्रसरोबर, गढी, भीमफेदी तथा हेटौँडाको वडा नंबर ११ मा एमाले विजयी भएको थियो भने थाहा नगरपालिकामा गठबन्धन गरेर कांग्रेसले उपमेयर जितेपनि वडामा भने उपस्थिति गराउन सकेको थिएन् । यता हेटौँडाको वडा नंबर १ मा पनि कांग्रेसले झिनो मतान्तरलेमात्र एमाले पराजित गरेको थियो , वडा अध्यक्षमा मात्र कांग्रेस विजयी भएको उक्त वडाका बाँकी सबै सदस्यमा एमाले विजयी थियो । – जुम एन पीबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।