पुरुषहरु मनमनै महिलालाई बलात्कार गर्छन् : तसलिमा

–तसलिमा नसरिन
सन् १९९२ सेप्टेम्बर २३ का दिन बिहानै कलकत्ताको फूलबगानमा सुतिरहेकी एउटी फुटपाथे महिलालाई प्रहरीले पक्राउ ग¥यो । उनलाई प्रहरी भ्यानमा हाल्नेहरुमा हवल्दार नीलकमल, सनातन र भोलेनाथ नामका थिए । उनीहरुले ती महिलालाई थानामा लगे ।

थानाको डेढ तले भवनको कोठामा ती महिलाको मुखमा कपडा कोचेर ती तीनै जनाले ती महिलालाई बलात्कार गरे । बलात्कार गरिरहेकै समयमा उनको मुखको कपडा बाहिर निस्क्यो र उनी चिच्याईन् । अर्को कोठामा सुतेका तीन जना हवल्दारको निन्द्रा खुल्यो ।

ती महिलालाई बचाउनुको सट्टा ती तीन जना हबल्दारहरुले पनि बलात्कार गरे । उक्त घटनापछि ती महिला आफ्ना केही साथीहरुसँग थाना गई, आफूमाथि भएका सबै कुरा थाना प्रमुखलाई सुनाई । उक्त घटनाको सम्पूर्ण बेलिविस्तार कमिस्नरले सुने । प्रहरी कमिस्नर छानबिनको लागि स्वयं थानामा आए । उनले ती पाँचै जनालाई नौकरीबाट बर्रखास्त गरे र जेल हाले । थाना प्रमुखलाई पनि सस्पेन्ड गरे । उसको सरुवा भयो, रिर्जव फोर्समा ।

यो बलात्कारको घटनाले पश्चिम बंगाल राज्य प्रहरीका विरुद्ध व्यापक आक्रोश शुरु भयो । कलकत्ता शहरमा बाटोमा हिड्ने मान्छेहरुले प्रहरीमाथि थुक्न थाले । कयौँ ठाउँमा ट्राफिक प्रहरी पिटिन्थे । प्रहरी हवलदार नीलकमललाई आजीवन कारावासको सजाय सुनाउँदै एक वर्षपछि फैसला सुनाइयो ।

फैसला सुनाउँदै न्यायधिसले भनेका थिए, ‘यो घटना प्रहरी हिरासतमा भयो, जसलाई आम जनताकोलागि सबैभन्दा सुरक्षित ठाउँ भनिन्छ । यो घटनाले अल्वर्तो मोरेवियाको प्रख्यात उपन्यास ‘टू वमेन’ को सम्झना गराउँछ, जहाँ गिरजाघर भित्र सेनाहरुले एक किशोरीलाई बलात्कार गरेका थिए ।’

हवल्दार नीलकमल रुँदै थियो, तर उसको रुवाईले कसैको मन पग्लेन । उनलाई आजीवन कारावासको सजायँ तोकियो र हाल ऊ प्रेसिडेसी जेलमा सजाय भोगिरहेको छ । के यस किसमको घटना हाम्रो देशमा कल्पना गर्न सकिन्छ ? फुटपाथमा कुनै महिलालाई बलात्कार गरे भने, बलात्कारीलाई जेलमा हाल्लान् ? हाल सालै पटुआखालीबाट ढाका (बंगलादेशको राजधानी) आउँदा बाटोमा ड्युटीमा बसेका अन्सारले एक महिलालाई बलात्कार गरे । खबर पाएपछि ती अंसारलाई जिल्ला प्रमुखले सस्पेन्ड गरे । तर अन्तमा उनै बलत्कारीको पक्ष लिएर, यस्तो भनियो कि, ‘ती महिला चरित्रहिन थिई ।’

चरित्रहिन भएपनि के उसलाई बलात्कार गर्ने हक तिनीहरुलाई थियो ? उ चरित्रहिन भएकै कारण बलात्कारीका अपराध माफी हुन्छ ? कुनै फुटपाथकी महिला भएकी भए उसको पनि त्यस्तै अवस्था हुन्थ्यो । उसको बारेमा यस्तो भनिथ्यो कि, ‘फुटपाथमा बस्नेको बलात्कार हुनु कुनै जघन्य अपराध होइन ।’

मैले सबै कुरा बेझेकि छु । आजभोली पुरुषकोलागि बलात्कार गर्नु दालभात खाए जस्तै हो । ‘सम्पूर्ण पुरुष मन मनै महिलाको बलात्कार गर्छन्’ कसैले भनेको थियो । म यस भनाइप्रति सहत हुन चाहान्छु । तर मेरो वंशमा छैन । मेडिकल कलेजको तेस्रो वर्षमा प्रोफेसरले बलात्कारको एक परिभाषा पढाएका थिए । हामी सबैले त्यो परिभाषा रट्नु परेको थियो ।

क. १६ वर्षभन्दा कम उमेरकी महिलासँग अनुमति लिएर अथवा अनुमति नलिएर, ख. १५ वर्षभन्दा कम उमेरकी महिलासँग अनुमति लिएर, ग. १५ वर्षभन्दा बढीकी उमेरकी महिलासँग अनुमति बिना नै, घ. १६ वर्षभन्दा बढी उमेरकी महिलासँग अनुमति नलिएर, ङ.डर देखाएर, धम्काएर, कुनै नशालु पदार्थ खुवाएर, झुठ बोलेर, जर्बजस्ती गरेर, छद्मभेष बनाएर कुनै बालिका वा महिलालाई, च. कुनै पागलसँग यौन सम्पर्क गरेमा त्यसलाई बलत्कार भन्छन् । उसो त यौन सम्पर्क गर्नै पर्छ, यस्तो कुनै कारण छैन । महिलाको योनीलाई पुरुषको लिंगले स्पर्श गर्ने बित्तिकै बलात्कार भनिन्छ । यो परिभाषा कति मान्छे जान्दछन् ? यदि जान्छन् भनेपनि के यस अनुसार ती मान्छेहरु विचार गर्छन् ? गदैनन्, यस्तो हँुदै हुँदैन ।

हादिसमा लेखेको छ– ‘श्रीमान यदि श्रीमतिलाई यौन सम्पर्कको लागि बोलाउँछ भने, श्रीमति त्यतिबेलै श्रीमान कहाँ जानु पर्छ, नत्र भने, त्यो रात उनको लागि भयानक गालिद्वारा बिताउनु पर्नेछ ।’ श्रीमान मालिक हो, भने श्रीमति उसकी दास, त्यसैले हादिसको निर्देशन शिरोधार्या छ नत्र मान्छेले जुरिसप्रुडेसको आधुनिक कानून नै मान्नुपर्छ ।

चरित्रहिन अथवा फुटपाथकी महिला भए कानून बदल्नु हुँदैन । यो कुरा कहीं कतै लेखेको छैन कि, ‘यदि महिला चरित्रहिन भएमा बलत्कारको सजाय कम हुन्छ ।’ कलकत्तामा बलत्कारको सजाय आजीवन कारावास हुनमा राज्य सरकारको सहयोग हुनु हो । हाम्रो देशको सरकारले कति बलात्कारीहरुलाई आजीवन कारावासको सजाय सुनायो ? मलाई यस्तो भन्न कुनै संकोच छैन ।

यो देशमा बलात्कार भएपनि बलात्कारकी शिकार बनेकी महिलालाई नै अपराधी मानिन्छ । उल्टो यस्तो भनिन्छ कि, ‘उसैले बलात्कारको लागि उक्साएको हो । उसको नशालु हेराई, मन्द मुस्कान, पारदर्शी कपडा सबै बलात्कारको अनुकुल थियो ।’ समाजमा यी सबै तर्कको धेरै सम्मान गरिन्छ । यदि एक महिला अथवा केटी आफ्नो इच्छा अनुसारको कपडा लगाउँछे, हाँस्छे, हिँड्डुल गर्छे भने, त्यसै कारणले ऊ बलात्कारको शिकार हुनु पर्ने ? यो किन ?

महिलामाथि थोपरेका यी सबै निरर्थक तर्क त, छँदैछन्, त्यसैमाथि साक्षि–सबुतको झमेला पनि छ । बलात्कार कसैले साक्षी राखेर गर्दैन । तरपनि साक्षीको खोजी गरिन्छ । एक महिलाको साक्षी र बयानले पुग्दैन । दुई महिला चाहिन्छन् । जहाँ एक पुरुषले काम चल्छ तर महिला दुई नभएमा त्यसलाई प्रमाण मानिदैन ,किनकी यस देशको कानूनमा दुई महिला एक पुरुष बराबर हुन्छन् ।

स्वास्थ्य कार्यालयकी महिला कर्मचारीमाथि निर्देशकको ड्राइभर र उसका आसेपासे मिलेरे बलात्कार गरे । ती बलात्कारीका विरुद्ध कुनै कारवाही भयो या भएन । भएको भए कुन किसमको भयो मलाई थाहा छैन । नीलकमल के यो देशको लागि उदाहरण बन्न सक्दैन ? नीलकमल प्रेसीडेन्सी जेलमा आजीवन

कारावासको सजाय भोगीरहेका छन् । म चाहन्छु, ‘मेरो देशमा बलात्कारीलाई आजीवन कारावास होस् ।’ म चाहन्छु यहाँका लान्चका अंसारहरु र रक्षकलाई पनि आजीवन काराबासको सजाय होस् । प्रहरी र गार्डहरु मात्र होइनन् यसको समाजको हरेक क्षेत्रमा ।

म यौन–स्वाधीनतामा विश्वास गर्छु । अन्य स्वतन्त्रता झै मान्छेलाई यो स्वतन्त्रता आवश्यक छ । जबरजस्ती किन गर्ने ? महिला भिखारी होस् अथवा चरित्रहीन, यदि ऊ इच्छुक छैन भने, उसलाई छुने कसैको हक हुन्छ ? हुँदैन । राज्यको विचारमा बलात्कारी पटक–पटक बाँच्छन् ।

यसमा देश नै महिलाको नागरिक अधिकारमाथि थुक्छ । यति हुँदापनि यस देशकी महिला मुख खोलेर बलात्कारीलाई आजीवन कारावासको सजायको लागि आवाज उठाउँदैनन् र आन्दोलन गदैनन् भने मैले भन्नै पर्छ ति निर्बोध महिला शायद मनमनै बलात्कारको शिकार हुन चाहन्छन् । याे लेख ‘आईमाईको कुनै देश हुँदैन’ नामक पुस्तकबाट लिएकाे हाे । – प्रश्तुत सामग्री साझा पेज अनलाइन बाट साभार गरिएको ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।