धनकुटामा बसको ठक्करबाट १ जनाको मृत्यु

धनकुटा, असोज १६ गते। धनकुटाको साँगुरीगढी गाउँपालिका ४ स्थित राजमार्गमा सोमबार यात्रु बाहक बसको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ।

कोशी राजमार्ग अन्तर्गत धरानबाट यात्रु बोकेर हिलेतर्फ जाँदै गरेको को १ ख ५७६८ नम्बरको बसले बिपरित दिसाबाट आउँदै गरेको को २९ प १०९३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भिर घाईते मोटरसाईकल चालक मोरङ लेटाङ नगरपालिका ८ बुधबारे बस्ने ५० बर्षिय कृष्ण श्रेष्ठलाई उपचारकालागी धरानस्थित बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो।

ठक्कर दिने बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।