एमालेसँग पार्टी एकता गर्न माओवादीमा छलफल सुरु, निर्णय लिने जिम्मा तीन शीर्ष नेतालाई

काठमाडौँ, १६ असोज । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा नेकपा (एमाले) सँगको पार्टी एकताबारे छलफल भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको बैठकमा एमालेसँग पार्टी एकता र चुनावी तालमेलबारे छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । “पार्टी एकता र चुनावी तालमेलबारे बैठकमा छलफल भएको छ, अन्तिम निर्णय गर्नका लागि अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई जिम्मेवारी दिइएको छ”, भुसालले भन्नुभयो ।

आइतबार मात्रै एमाले स्थायी कमिटी बैठकले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघको चुनावमा देशभक्त, प्रगतिशल र वामपन्थी दलसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।