एमाले-माओबादी बीच एकताका लागि शिर्ष नेताहरु जुटिरहेको बेला वामदेवले पठाए ‘खतरनाक’ सन्देश !

काठमाडौ । माओबादी–एमालेबीच एकता गर्न दुवै दलका शिर्ष नेताहरु जुटिरहेको बेला एमाले उपाध्यक्ष वामदेव गौतमले आफ्नो मोबाईल मार्फत ‘खतरनाक’ सन्देश आफ्ना कार्यकर्तालाई पठाएका छन् ।

फाईल फोटो

पार्टी एकिकरणका बेला उनले पठाएको सन्देश कार्यकर्तालाई संयम पार्ने खालको छ । सन्देशमा भनिएको छ,‘नेकपा एमाले र नेकपा माके बीचको एकताबाट महत्वपूर्ण अर्थराख्ने राजनीतिक र सामाजिक आर्थिक परिवर्तन नेपाली समाजमा शुरु हुनेछ ।

पहिलो राजनीतिक अस्थिरता समाप्त भै विकासको महागति शुरु हुनेछ । दोश्रो जनतामा एकता र उत्साहको भावना सृजना हुनेछ । तेश्रो नेपाली विशेषताको समाजवाद निर्माण शुरु हुनेछ । चौथो गरीवी समाप्त भै समृद्ध राष्ट्र निर्माण हुनेछ । पाँचौ नेपालको अन्तराष्ट्रिय प्रतिष्ठाले ऊँचाइ प्राप्त गर्ने छ ।’

उनले अघि थपेका छन्,‘छैटौ विदेशी हस्तक्षेपको अन्त्य र राष्ट्रिय स्वतन्त्रताको रक्षा हुनेछ । सातौ नेपालको अन्तराष्ट्रिय सम्वन्ध अरु सुदृढ़ हुनेछ । त्यही भएर यो एकताको रक्षा र विस्तार आज प्रत्यक नेपालीको कर्तव्य बनेको छ ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।