एमाले-माओवादी केन्द्रको तालमेल सकारात्मक : मसाल

काठमाडौँ, १८ असोज । नेकपा (मसाल)ले नेकपा (एमाले), नेकपा (माओवादी (केन्द्र) र नयाँ शक्ति नेपालको चुनावी तालमेल तथा एकीकरण गर्ने घोषणालाई सकारात्मक रुपमा लिए पनि त्यो एकता वामएकता हुन नसक्ने जनाएको छ ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले आज जारी गर्नुभएको विज्ञप्तिमा सैद्धान्तिक र राजनीतिक रूपमा र राजनीतिक चरित्रमा पनि कुनै आधारभूत भिन्नता नरहेकाले उनीहरू एक अर्काबाट अलग हुनुभन्दा आपसमा मिल्नु नै सही हुने भनिएको छ । तर उहाँले यो घोषणाले नेपालमा कम्युनिष्ट एकीकरणमा मद्दत नपु¥याउने तथा माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलन हुने खतरा देखिएको जनाउनुभएको छ ।

मसालले माओवादी केन्द्रले नेपाली काँग्रेससँग मिलेर गठबन्धन सरकारको निर्माण गर्ने कार्य गलत भएको जनाउँदै आएको सन्दर्भमा एमालेसहित एकीकरणका लागि गरेको प्रयत्न एउटा साहसिलो र सकारात्मक कदम भएको ठहर गरेको छ ।

मसालले आगामी प्रदेश वा संसदीय चुनावमा उनीहरूसँग तालमेलको आफ्नो नीति खुला रहेको पनि जनाएको छ । मसालको खुला संगठन राष्ट्रिय जनमोर्चाले निर्वाचनमा भाग लिँदै आएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖