राजपा नेपाल को पार्टी कार्यालयमा तालाबन्दी !

इनरुवा । सदरमुकाम इनरुवामा रहेको राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा उसैका कार्यकर्ताले शुक्रबार तालाबन्दी गरेका छन् ।

पार्टीमा एकपक्षको हैकम चलेको र कायममुकायम अध्यक्ष रघुनाथ मेहता हुँदाहुँदै अर्कालाई कार्यबाहकको जिम्मा दिएपछि असन्तुष्ट बनेका नेता कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेको स्थानीयवासी प्रमोद मेहताले जानकारी दिए ।

राजपाको पार्टी कार्यालयमा जिल्ला अध्यक्ष महेन्द्रप्रसाद यादव नेतृत्वको टोलीले तालाबन्दी गरेको हो । जिल्लाको सहमतिबिना केन्द्रले गर्ने निर्णय नमान्ने र विधान विपरीत गरेको काम नसच्याएसम्म तालाबन्दी जारी राख्ने नेता विनोद पालले जानकारी दिए ।

वडा कार्यालयको ताला खुल्यो

सुनसरीको गढी गाउँपालिकाको ४ नं वडा कार्यालयमा लगाइएको ताला खुलाइएको छ ।

वडा कार्यालयमा लगाइएको ताला गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवको आश्वासनपछि खुलेको बताइएको छ । राहतको विषयलाई लिएर केही स्थानीयवासीले लगाएको ताला बिहीबार साँझ खुलाइएको वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष रामचन्द्र मेहताले वडा कार्यालयमा लागेको ताला खुलेको र आफूले सबैलाई समानरुपमा सेवा दिँदैआएको जानकारी दिएका छनु ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖