नेकपा एमाले सचिव योगेश भट्टराई ताप्लेजुङबाट चुनाव लड्ने
काठमाण्डौं, २१ असोज । नेकपा (एमाले)का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।

गृह जिल्लाबाट भट्टराईलाई एमाले जिल्ला कमिटि ताप्लेजुङले प्रतिनिधिसभा उम्मेदवारको लागि सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।
प्रतिनिधिसभाको लागि समानुपातिक तर्फबाट तिलकुमार मेन्याङबोको नाम सिफारिस भएको छ । समानुपातिक तर्फ मेन्याङबो मात्रै उम्मेदवार बन्ने भएका हुन् ।
प्रदेशसभाका लागि क्षेत्र नं। २ बाट प्रत्यक्ष तर्फको उम्मेदवारको लागि बलबहादुर तामाङसहित दुईजनाको नाम सिफारिस भएको छ । वर्तमान संसद डम्बरध्वज तुम्बाहाम्फेसहित युवा उद्यमी बलबादुर तामाङ दुईजनाको नाम सिफारिस भएको हो ।


