१४ वर्षीय किशोरीलाई हात बांधेर मोसो दली जुत्ताको माला, सिमा रक्षक देवनारायण आए लाईभ (भिडियो)

आज म लज्जित छु। एउटी १४ वर्षकी किशोरीलाई हात बॉधेर, कालों मोसो, जुत्ताको माला, सिस्नु पानीले पिट्ने समाजमा बसेर के फुर्ती लगाउने ? ”- रबि लामिछाने

सडक विभागले काम नगर्ने एक जना ठेकदारलाई ५५ लाख जरीवाना तिराए पछि रबि लामिछानेले भने ”हामीले चाहेको यस्तै हो समाजमा कानुनको पालना होस् र बदमासहरु सबैले सजाय पाओस तर चोरै चोरले घेरिएको यो देशमा कसरी पो बिश्वाश गर्नु कि अपराधीहरुले सजाय पाउने छन् भन्ने ? ”

रविको सिधाकुरा जनतासंगले देशमा एउटा आशाको संचार गराउन सफल भएको छ । अहिले आवाजविहिन नेपालीहरुको आवाज बनिन सफल भएको रविको सिधाकुराप्रति बढ्दो बिश्वास आफैमा एउटा सफलताको उदाहरण हो । स्वदेशबाट मात्रै होइन विदेशमा स्थायी बसेका नेपालीहरु पनि उक्त देशमा आफुले पाएको समस्या लिएर आएको सबैले देखेका छन् । यसरी सिधाकुराको लोकप्रियता कति छ भन्ने थप प्रष्ट छ ।

सिधाकुरा जनतासंग आजको भागको बिशेषता

जब समाजमा यस्तो घटना घट्छ तब कालको पनि मन धुरुधुरु हुन्छ तर हाम्रो समाजमा यस्ता मान्छेहरु छन् कि एउटा बालिकालाई यसरी निर्दयी भएर पिटे कि रबि यतिसम्म भन्न बाध्य भए ”आज म लज्जित छु। एउटी १४ वर्षकी किशोरीलाई हात बॉधेर, कालों मोसो,जुत्ताको माला,सिस्नु पानीले पिट्ने समाजमा बसेर के फुर्ती लगाउने ?”

भारतको अत्याचार बिरुद्ध लड्ने साहसी सिमा रक्षक देवनारायण यादव भारतको जेलबाट छुटेपछि सिधाकुरामा लाइभ आए र खोले किन भारतले समात्यो र कस्तो दुर्व्यवहार भयो सबै नै भन्ने । गतवर्ष तिलाठीमा भारतले गरेको सिमा अतिक्रमण गर्दा त्यसको डटेर विरोध गरेको कारणले हुदै नभएको अपरहणको मुद्धा दर्ता गराएर बदला लिन खोजेको कुरालाई प्रष्ट भनेका छन् यादवले । तर किन केहि बोल्दैन सरकार ?

कांग्रेसको राजनीति गर्ने पुनर्निर्माण प्राधिकरणका सीइओको संकते । ५० करोड ठग्ने एक महिला पक्राउ ।

एउटी बालिकालाई हात बांधेर मोसो दली जुत्ताको माला । सिमा रक्षक देवनारायण आए लाईभ । हेर्नुस आजको बेजोड भागको भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।