काँग्रेस गठबन्धनका ५ र समाजवादी फोरम नेपाल गठबन्धनका ३ उम्मेदवार विजयी

पर्सा, २२ असोज । वीरगन्ज महानगरपालिकाको ८ जना कार्यकारिणी सदस्यका लागि आज सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस गठबन्धनका ५ र संघीय समाजवादी फोरम नेपाल गठबन्धनका ३ उम्मेदवार विजयी भएका छन् ।

वीरगन्जको राधेमाई टोलस्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको मतगणनाको अन्तिम परिणाम अनुसार काँग्रेस गठबन्धनका ५ र संघीय फोरम नेपालका तीन उम्मेदवार विजयी भएका हुन् ।

पर्साका मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार मतगणनाको अन्तिम नतिजा अनुसार नेपाली काँग्रेसका उम्मेदवार अरविन्द गुप्ता ८० मत, अनिता देवी कुशवाहा ८१ मत, मनोजा चौधरी थारु ८१ मत, रिनु देवी ८० मत र नेका गठबन्धनबाट चुनाव लडेका राजपा नेपालकी उम्मेदवार बरकतुन नेसा ८० मत हासिल गरी विजयी भएका हुन् ।

त्यसैगरी, संघीय समाजवादी फोरम नेपालका उम्मेदवार निरन्जन प्रसाद साह सोनार ८० मत, सुशिल कुमार कानु ७९ मत र बैजन्तीमाला देवी ८० मत हासिल गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत सुबेदीले बताउनुभयो ।

वीरगन्ज महानगरपालिकाका ३२ वडाबाट १६१ जना मतदाताले मतदान गरेको निर्वाचन अधिकृत सुवेदीले जानकारी दिनुभयो । महानगरपालिकाका १६१ जना पदाधिकारीले गरेको मतदान मध्ये दलित महिला सदस्य १ र महिला सदस्य १ को मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

महानगरपालिकाका ८ जना कार्यकारिणी सदस्यका लागि काँग्रेस, राजपा नेपाल, नेपाल लोकतान्त्रिक फोरमबीच गठबन्धन गरिएको थियो भने, संस फोरम नेपाल र नेकपा एमालेले गठबन्धन गरी कार्यकारिणी सदस्य निर्वाचनमा सहभागी भएका थिए ।

काँग्रेस गठबन्धनमा सहभागी दलहरु मध्ये काँग्रेसका तर्फबाट पाँचजना, राजपा नेपालको तर्फबाट २ जना र नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट एकजनाले उम्मेदवारी दर्ता गराएका थिए । त्यसैगरी, संघीय फोरम नेपालका तर्फबाट ५ र एमालेका तर्फबाट तीनजनाले उम्मेदवारी दर्ता गरेका थिए । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।