चुनाव लड्नका लागि करिस्मालाई तयारीमा रहन बाबुरामको आग्रह, करिस्मा भन्छिन,- मैले उठ्ने विचार गरेकी छैन

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालकी नेतृ करिष्मा मानन्धरलाई चुनावमा उठ्ने मनस्थिति बनाउन पार्टीले आग्रह गरेको छ । एमालेसँग चुनावी तालमेल र पार्टी एकीकरणसँगै सूर्य चिन्हबाट नयाँ शक्तिले चुनाव लड्ने तयारी भइरहँदा पार्टीले उनलाई चुनाव लड्नका लागि मानसिक तयारीमा रहन सुझाव दिएको हो ।

“पार्टीले चुनावमा उठ्नुपर्छ भनिरहेको छ । तर मैले उठ्ने विचार गरेको छैन,” नायिका समेत रहेकी करिष्माले भनिन्, “त्यस्तै पार्टीले मलाई अगाडि सार्यो र त्यस्तै अवस्था आयो भने त उठ्नु पर्छ होला ।”

उनले डा. बाबुराम भट्टराइले आफूलाई चुनावमा उठ्नका लागि मानसिक तयारीमा रहन आग्रह गरेको पनि उनले जानकरनी दिइन् ।

चुनावी तालमेल गर्दा केन्द्रिय तहमा हामी धेरै जना थिएनौं, त्यो बेला उठ्नै पर्ने अवस्था थियो । तर अहिले चुनावी तालमेल र चुनावपछि एकताको प्रक्रिया सुरु भएसँगै उमेदवारको खाँचो छैन हामी भन्दा धेरै सिनियर हुनुहुन्छ । राम्रो राम्रो नेताहरु हुनुहुन्छ । उहाँहरुले अवसर पाउनुपर्छ भन्ने मेरो धारणा हो ।”

स्थानीय निकायको निर्वाचनमा पनि पार्टीका विभिन्न नेताहरु चुनावी मैदानमा उत्रिए पनि करिष्मा भने निर्वाचन लडेकी थिइनन् ।

स्थानीय तहको निर्वाचनमा सप्तरीमा मतदाता नामावलीमा नाम रहे पनि अहिले भने उनले सारेर काठमाडौं ल्याइसकेको जानकारी दिइन् । करिष्मा पार्टीमा गठन प्रक्रिया देखि नै नयाँ शक्ति पार्टीमा सक्रिय छन् । उनी नयाँ शक्ति पार्टीको सांस्कृतिक विभाग प्रमुख पनि हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।