एमाले नेता देवी ज्ञवाली भन्छन,- एमाले छाड्दिन
चितवन, २५ असोज । चितवनका एमाले नेता देवी ज्ञवालीले पार्टी नछाड्ने बताएका छन् । एमालेले माओवादीसँग चुनावी तालमेल गरेपछि विभिन्न मिडियामा ज्ञवालीले एमाले छाड्ने समाचार आएका थिए । चितवनबाट प्रचण्ड लड्ने भएपछि उनलाई सहयोग गर्नुभन्दा पार्टी नै परित्याग गर्न उत्तम भन्दै स्रोत उल्लेख गरेर आएका समाचार गलत भएको ज्ञवालीले बताएका छन् । उनले समाजिक संजाल फेसबुकमा स्टाटस राख्दै उनले उमाले छाड्दै भन्दै आएका समाचार भ्रामक भएको बताएका हुन् । स्थानीय तहको निर्वाचनमा ज्ञवाली भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहालसँग पराजित भएका थिए ।



