जिसस चितवनमा एमालेका डल्लाकोटी निर्वाचित

चितवन, २५ असोज । चितवन जिल्ला समन्वय समितिको चुनावमा नेकपा एमालेका कृष्णकुमार डल्लाकोटी निर्वाचित भएका छन् । उनले कांग्रेस उम्मेदवार भरत अधिकारीलाई ८ मत अन्तरले हराए ।

डल्लाकोटीले ११ र अधिकारीले ३ मत पाएका छन् । जिससको चुनावमा एमाले उम्मेदवारलाई माओवादी केन्द्रले समर्थन गरेको थियो । स्थानीय चुनावमा भने माओवादीले नेपाली कांग्रेससँग तालमेल गरेको थियो ।

वाम गठबन्धन गर्दै पार्टी एकता गर्ने निर्णय गरेका एमाले र माओवादीले त्यसको प्रारम्भिक सुरुवात चितवन जिससबाट गरेका छन् ।

चितवन जिल्लामा रहेका एक महानगरपालिका, पाँच नगरपालिका, एक गाउँपालिकाका प्रमुख र उपप्रमुख जिससका मतदाता हुन् । चितवनका ७ स्थानीय तहका १४ पदमध्ये एमालेको ९, कांग्रेसको ३ र माओवादी केन्द्रको २ भोट थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖