चितवन मा कांग्रेसको भोट रेणुलाई, रेणुको भोट एमालेलाई !, सबै पदमा एमाले विजयी !

चितवन, २५ असोज । केन्द्रमा एमाले र माओवादी केन्द्रको चुनावी तालमेल र अन्तत पार्टी एकीकरणको चर्चा भइरहँदा चितवनमा वाम एकतालाई बल पुग्ने गरी माओवादीका मतदाताले एमाले उम्मेदवारलाई भोट हालेका छन् । जिल्ला समन्वय समिति चितवनको सभा गठनका लागि भएको निर्वाचनमा भरतपुर महानगरकी मेयर रेणु दाहालले एमाले उम्मेदवार कृष्णुमार डल्लाकोटी सहित सवैलाई भोट हालेकी छन् । ‘हामीले एमालेलाई भोट हालेका छौं, माओवादी केन्द्रका जिल्ला संयोजक यमबहादुर परियारले भने ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले एमालेका उम्मेदवारहरुलाई मतदान गरेका हुन् । भरतपुर महानगरको चुनावमा रेणुले एमाले उम्मेदवार देवी ज्ञवालीसँग प्रतिस्पर्धा गरेकी थिइन् । जसमा दाहाल २ सय ३ मतले विजयी भएकी थिइन् । भरतपुर महानगरको चुनावका बेला जिल्लामा एमाले र माओवादीबीच निकै आरोप प्रत्यारोप चलेको थियो । जिल्ला सभाको निर्वाचनमा जिल्लाका ७ स्थानीय तहका १४ जना प्रमुख र उपप्रमुखले मतदान गर्ने अधिकार राख्दछन् । जसमा एमालेको ९, कांग्रेसको ३ र माओवादीको २ मत रहेको सहायक निर्वाचन अधिकृत गम्भिरकान्त घिमिरेले बताए ।

कांग्रेससँगको महानगर गठबन्धन टुट्यो
केन्द्रमा वाम दलहरुवीच चुनावी तालमेलको विषय चर्चामा आएसँगै जिल्लामा यसको प्रत्यक्ष असर परेको छ । यसअघि भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख पदमा चुनावी तालमेल गरेका माओवादी र कांग्रेसका एकता ३ हप्ता अघि भएको भरतपुर महानगरको कार्यपालिका गठन सम्म रहेको थियो । त्यस बेला गठबन्धनको स्पष्ट बहुमत हुँदा पनि एमालेका उम्मेदवार विजयी भएका थिए । जसले गर्दा ३९ सदस्यीय कार्यपालिका बोर्डमा एमाले एक्लैको २० सिट पुगेको थियो । गठबन्धन बहुमत भएर पनि कार्यपालिकामा अल्पमतमा परेको थियो ।

सवै पदमा एमाले विजयी
जिल्ला समन्वय समिती चितवनको प्रमुखमा नेकपा एमालेका कृष्ण कुमार डल्लाकोटी निर्वाचत भएका छन् । बुधबार भएको जिससको निर्वाचनमा कांग्रेसका भरत अधिकारीलाई पराजित गर्दै डल्लाकोटी विजयी भएका हुन् । विजयी प्रमुख र उपप्रमुखलाई बुधबार नै सपथ ग्रहण गराइएको सहायक निर्वाचन अधिकृत गम्भिरकान्त घिमिरेले बताए । कुल १४ मतमा एमालेका डल्लाकोटीले ११ मत ल्याएका थिए भने उनका प्रतिद्धन्द्धी अधिकारीले ३ मत मात्र ल्याएका हुन् । जिससमा एमाले र कांग्रेसको मात्र उम्मेदवारी परेको थियो ।

त्यस्तै उपप्रमुखमा पनि एमाले कै मुना कुमारी श्रेष्ठ विजयी भएकी छन् । कांग्रेसकी टिका दाहाललाई पराजित गर्दै श्रेष्ठ विजयी भएकी हुन् । उनले ११ मत प्राप्त गर्दा दाहालले ३ मत प्राप्त गरेकी छन् । जिससको ९ सदस्यीय समितीमा खिलाकुमारी सिखंडा, लिलादेवी पोखरेल, सिता पुन, गुनु बि.क, कृष्णप्रसाद अधिकारी, कृष्णराज गुरुङ र चुडामणी महतो छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।