देउवालाई दाहालको प्रश्न,- तपाईले चाहेको के ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासँग आफ्नो पार्टीका मन्त्रीहरुको अवस्थाबारे जानकारी माग्ने बताउनुभएको छ ।

आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकै अवस्थामा मन्त्रिपरिषद् विस्तार गरेर प्रधानमन्त्रीले के गर्न खोजेको हो त्यसबारे सोध्ने बताउनुभएको हो । उहाँले आजै प्रधानमन्त्री देउवालाई भेट्ने जानकारी दिंदै भन्नुभयो,‘ उहाँले के चाहेको हो, त्यस प्रष्ट पार्नुपर्छ ।’

सत्तारुढ माओवादी केन्द्रले अगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेसँग मिलेर निर्वाचन लड्ने र पार्टी एकतासमेत गर्ने सहमति गरेपछि कांगे्रस अत्तालिएको छ । सरकारलाई दिएको समर्थन कायम रहेको बताइरहेका बेला त्यसलाई समेत ‘षड्यन्त्र’ का रुपमा लिंदै माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने योजनामा प्रधानमन्त्री देउवा छन् ।

कांग्रेस श्रोतका अनुसार, प्रधानमन्त्री देउवा माओवादीका मन्त्रीहरुले आफै राजिनामा दिंदा उचित हुने भन्दै माओवादी निर्णयको पर्खाइमा हुनुहुन्छ । एकथरी कांग्रेसहरुले भने माओवादी मन्त्रीहरुले राजिनामा नदिएमा तत्कालै हटाउनुपर्ने सुझाव देउवालाई दिएका छन् ।

अखिल क्रान्तिकारीको सोमबारको पदाधिकारी बैठकमा अध्यक्ष दाहालले राप्रपाबाट मन्त्री थप भएको अवस्थामा काँग्रेससँग छलफल गरी निर्णय लिने बताउनुभएको हो । ‘प्रधानमन्त्रीले राप्रपाका नेताहरूलाई मन्त्रीमा नियुक्त गर्नुभएको छ । हाम्रा मन्त्रीहरूको अवस्था के हुन्छ ? भन्ने चासो पनि व्यक्त हुन थालेको छ’ दाहालले भन्नुभयो, ‘आजै प्रधानमन्त्रीसँग भेट्छु, उहाँले चाहेको के हो ? त्यसैका आधारमा हामी निर्णयमा पुग्छौं ।’

ईतिहासकै सबैभन्दा ठूलो मन्त्रिपरिषद् गठन गरेर कलंकित देउवाले संसदमा बोल्दा मन्त्रीहरुको संख्या केही दिनमै घट्ने बताउनुभएको थियो । माओवादी केन्द्रले भने यसबारेमा निर्णय लिएको छैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।