एमालेमा विवाद चुलियो, उम्मेदवार छनौटको बिषयलाई लिएर एमाले भित्र कुटाकुट !

काठमाण्डौ । मंसिरमा हुने निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवार छनौटको बिषयलाई लिएर नेकपा एमाले भित्र बिबाद बढेको छ ।

माधव कुमार नेपाल समुहले आयोगमा आइतबार बुझाइएको समानुपातिक तर्फको सुचीप्रति असन्तुष्टि जनाएको हो।

आइतबार दिनभर पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा स्थायी समितिको बैठकमा समानुपातिकको सुची तयार गर्दा सहमति हुन सकेन । नेपाल समुहले आयोगमा पठाएको लिस्ट आफुलाई मान्य नहुने बताएको छ ।

अध्यक्ष ओलीले उम्मेदवार छनौट समितिले सिफारिस गरेका भन्दा पनि आफ्ना निकटहरुको नाम एकलौटी रुपमा लिस्टमा राखेपछि एमालेमा विवाद चुलिएको एक नेताले बताए ।

उनका अनुसार ‘सामान्य छलफल गराएर एकलौटी रुपमा समानुपातिकको सुचि आयोगमा बुझाउन खोजेपछि अध्यक्ष ओली र नेपालबीच बैठकमै चर्काचर्की भएको थियो ।’

माधव नेपाल उक्त बन्द सुची नमान्ने भन्दै बैठक छाडेर हिडेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।