माओवादी केन्द्रसँग एमालेको सिट बाँडफाँट अन्तिम चरणमा

काठमाडौं ३ कात्तिक । माओवादी केन्द्रसँग एमालेको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको छ । बुधबार सक्ने लक्ष्य भए पनि कतिपय निर्वाचन क्षेत्रमा दुवै दलका नेताहरुको दाबी भएकाले सहमति जुट्न सकेन ।

एमालेले स्थायी समिति बैठक बसी उम्मेदवारहरुको नाम छनौट गर्नेछ । दुवै दलका नेता संलग्न कार्यदलको बिहीबार बसेको बैठकले निर्वाचन क्षेत्र बाँडफाँट अन्तिममा पुर्‍याएको एक नेताले जानकारी दिए । टुंगो लगाउन नसकेको क्षेत्रलाई कार्यदलले दुवै दलका अध्यक्ष रहेको संयोजन समितिलाई बुझाएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ती निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लगाउनेछन् ।

केन्द्रमा कुल १६५ प्रत्यक्ष सिटमा कम्तीमा ५६ सिट माओवादी केन्द्रले पाउने सम्भावना रहेको नेताहरुले बताएका छन् । कार्यदलले प्रदेश नम्बर ७ मा भने केन्द्र र प्रदेशमा टुंगो लगाएका छन् । कार्यदलमा ढिलाई हुँदा बिहीबार बिहान बस्ने भनिएको स्थायी समिति बैठक साँझ सरेको थियो । रिपोर्टर्स नेपाल ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।