एमाले र माओवादी केन्द्र एउटै आमा-बुवाका सन्तान ! : भट्टराई

ताप्लेजुङ, एमाले सचिव तथा ताप्लेजुङका प्रतिनिधिसभा सदस्यका उम्मेदवार योगेश भट्टराईले एमाले र माओवादी केन्द्र एउटै आमा र बुवाका सन्तानहरु भएकाले आमाकै आदेशअनुसार मिलेको उदघोष गर्नुभएको छ । आगामी मंसीर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सालेवाबाट चुनावी अभियानको थालनी गर्दै भट्टराईले सो घोषणा गर्नुभएको हो ।

‘नेकपा एमाले र माओवादीको गठबन्धन समयको आवश्यकता हो, एमाले र माओवादी एउटै आमा र बुवाका सन्तानहरु हौं । हामी कुनै कालखण्डमा टुक्रियौं, फुट्यौं, तर आज नेपाली आमाले, नेपाली माटोले आदेश दिनुभयो, तिमीहरु फुटदा बैरीले देश खान लाग्यो, तिमीहरु मिल, बैरीलाई ठेगान लगाऔं भनेर,’ भट्टराइले भन्नुभयो, ‘नेपाल आमाले आदेश दिनुभयो, त्यसैले हामी मिल्यौं, यो देशको माटो समातेर हामीले कसम खायौं, यो देश बनाउने अठोट हो ।’

उहाँले एमाले र माओवादीबीचको मिलन केपी ओली, प्रचण्ड, माधव नेपाल वा झलनाथ खनालका लागि नभई युवा र भावी पुष्ताका लागि भएको पनि ठोकुवा गर्नुभयो । ‘इमान जमानलाई गडबढी नगरी कन बाम गठबन्धन जिताउने लाग्नुपर्छ, हामीले हात मात्रै होइन, गला मिलाएका छौं, मन मिलाएका छौं, साथसाथै अघि बढेर देश बनाउने कसम खाएका छौं, यो कसम तव मात्र पूरा हुन्छ, जव सवै उम्मेदवार बिजयी हुनेछन,’ भट्टराइले भन्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖