‘नेपालीहरूको अबको यात्रा विकास र समृद्धि तर्फको हुनेछ’ : अध्यक्ष ओली

यस्तो छ छठपर्वमा ओलीको शुभकामना सन्देश

काठमाडौं, ८ कात्तिक । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले छठपर्वको शुभकामना दिएका छन् । नेपालको तराई क्षेत्रमा मनाइने छठपर्वको उपलक्ष्यमा अध्यक्ष ओलीले बुधबार दिएको शुभकामना सन्देशमा छठ लगायतका पर्वले आपसी भातृत्व, सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुद बनाउन मद्दत गरेको छ भन्ने विश्वास प्रकट गरेका छन् । तराईबासीहरूले मनाउने गरेको छठ पर्व अहिले पहाडी समुदायमा पनि उत्तिकै लोकप्रिय बनेको उल्लेख छ ।

सूर्यको उपासना गरेर मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा अध्यक्ष ओलीले भातृत्व, भगिनीत्व, एकता र आत्मीयताका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा उल्लेख छ–‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसाँस्कृतिक देश हो । यस देशमा बसोबास गर्ने हरेक जाति वा समुदायका आ—आफ्नै मौलिक चाडपर्व हुन्छन् । तिनलाई उत्साहपूर्वक मनाउनु नेपालीहरूको विशेषता नै हो । त्यतिमात्र होइन, एउटा भूगोल वा समुदायमा मनाउने गरिएको चाड अर्को भूगोल वा समुदायले पनि मनाएर एक आपसी प्रेम र सद्भाव बाँड्नु नेपालीको परिचय पनि हो । त्यसै अनुसार खासगरी तराईबासीहरूले मनाउने गरेको छठ पर्व अहिले पहाडी समुदायमा पनि उत्तिकै लोकप्रिय बनेको छ । नेपालमा राजनीतिक संघर्षको युग सकिएको छ । नेपालीहरूको अबको यात्रा विकास र समृद्धितर्फको हुनेछ । ‘सुखी नेपाली समृद्ध नेपाल’ को चाहना पूरा गर्न हामी सबैले आ—आफ्नो ठाउँबाट यथेष्ट प्रयास गर्नु पर्नेछ । संविधानसभाले संविधान जारी गरेपछि अधिकांश राजनीतिक मुद्दाहरू किनारा लागेका छन् । बाँकी रहेका केही सानातिना विषय र असन्तुष्टीलाई आवश्यकता अनुसार सम्बोधन गरिनेछ । देशका सबै राजनीतिक दल, सरकार र समुदायको मुख्य ध्यान अब नेपालबाट गरिबी हटाउने र नेपालीहरूलाई समृद्ध बनाउनेमा नै केन्द्रित हुनुपर्छ ।

नेपालीको समृद्धिको चाहना पुरा गर्नका लागि देशको राजनीति स्थिर हुनपर्छ । नेपालीको यही चाहनालाई आत्मसात गर्दै हामीले वाम गठन्धनको अभियान सुरुवात गरेका छौं । हाम्रो यस अभियानले आम जनतामा उत्साह छाएको छ । यो गठबन्धन कसैका विरुद्ध वा कसैका स्वार्थ पुरा गर्नका लागि नभई देश निर्माणका लागि बनाइएको हो ।

आगामी महिना देशमा प्रतिनिधिसभा र प्रादेशिक सभाको निर्वाचन सम्पन्न हुँदैछ । केही महिनाअघि देशमा स्थानीय तहको निर्वाचन भएर गाउँ–नगरहरूमा जनप्रतिनिधिले जनतालाई सेवा दिन थालेका छन् । अब हुने निर्वाचनमार्फत् आउने जनप्रतिनिधिहरूले राजनीतिक मुद्दाहरूमा खासै अलमल गर्नुपर्ने छैन । उनीहरूको मुख्य ध्यान भनेकै नेपालको विकास, नेपालीको समृद्धिमा केन्द्रित हुनेछ । जसले गर्दा छोटो समयमा नै नेपालीका दुःखका दिन हटाउन सकिन्छ । त्यसैले सुखी नेपालीको चाहना पूरा गर्न आउने निर्वाचनमा हामीले देशलाई समृद्धिको यात्रातर्फ अघि बढाउन सक्ने कुशल जनप्रतिनिधिको छनौट गरेर पठाउनुपर्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।